गैरनेपालीलाई नागरिकता दिने क्रम बढ्यो


वीरगन्ज, चैत्र १८ - पर्सामा पछिल्लो समयमा गैरनेपालीले नागरिकता लिने क्रम बढेको छ । ६ महिनामा जिल्ला प्रशासनमा २५ जना भारतीयले झुक्याएर नेपाली नागरिकता लिएको उजुरी परेको मुद्दा अधिकृत ललित झाले बताए । स्थानीय राजनीतिक दलकै सिफारिसमा गैरनेपालीले नागरिकता प्राप्त गरेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताए ।
उनले भने, 'प्रारम्भिक अनुसन्धानमै असहयोग भएको छ ।' कर्मचारीलाई झुक्याएर नेपाली नागरिक बन्न सफल ५ जना भारतीयमाथि कारबाही भएको प्रशासन कार्यालयले जनाएको छ । ०६३ माघदेखि अभियानकै रूपमा गाउँ टोलमा नागरिकता टोली पठाई ३ जना नेपालीले आफ्नो नागरिकता नम्बर सहितको सिफारिस र स्थानीय ७ दलका नेताको सिफारिसमा नागरिकता बाँडिएको थियो ।
गत माघमा भारत, बिहारको पूर्वी चम्पारन, गोविन्दपुर थाना  सरैयापिपरा निवासी अमरेन्द्रकुमार जयसवालले नागरिकता टोलीमार्फत वीरगन्ज वडा १३ बाट ३४१०२२  नम्बरको नागरिकताविरुद्ध जयसवालको भारतीय रासन कार्ड लगायतको प्रमाणसहित प्रशासनमा उजुरी परेको छ । पूर्वी चम्पारनकै जैतापुर, लक्ष्मनवा निवासी नन्दकिशोर दास तत्वा र सुदामा साह तेलीले पर्साको सबैठवाबाट नागरिकता लिन सफल भएको स्थानीय रामबाबुप्रसाद चौरसियाले उजुरी दिएका छन् । उनीहरू फरार रहे पनि नागरिकताका लागि सनाखत गर्ने ससुरा बि्रजन दास तत्वालाई जिल्ला प्रशासन कार्यालयले तारिखमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाएको झाले बताए । गैरनेपालीले नागरिकता लिएको मुद्दा प्रशासनले चलाए पनि ठूलो संख्यामा नागरिकता लिनेहरू अझै निर्धक्क घुमिरहेको स्रोतको दाबी छ । गैरनेपालीद्वारा लिएको नागरिकता छानबिन प्रकरणमा प्रशासनले
सुस्तता देखाएको उजुरीकर्ताले गुनासो गरेका छन् ।
सीमावर्ती घोडासन, रक्सौल र सुगौलीबाट वीरगन्ज र आसपास क्षेत्रमा व्यापार व्यवसाय गरिरहेका अधिकांश भारतीयले नेपाली नागरिकता हासिल गरेपछि पछिल्लो समयमा घर बनाउन थालेका छन् । मालपोत कार्यालयको स्रेस्ताअनुसार सहरको पूर्व र पश्चिममा बसेको नयाँ बस्तीमा अधिकांश घर अभियानकै समयमा नागरिकता लिनेहरूको देखिन्छ । एक वर्ष पहिले धुरको २० हजार मूल्य पर्ने जग्गा अहिले लाखमा पुगेको छ । पारिपट्टकिो महँगो पर्ने जग्गा थोरै बिक्री गरे पनि यहाँ धेरै जोड्न सकिन्छ । यसका साथै
भारतीय सवारी साधनको प्रयोग पनि बढेको छ । नव नागरिकको
चहलपहलसँगै रैथाने पलायन हुन थालेका छन् । सुन व्यवसायमा नव नागरिकहरूले अहिले पकड बनाएको सुन व्यवसाय अमर राजभण्डारीले बताए । पुराना व्यवसायी धेरैले पेसा छाडिसके ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login