नेपालगन्ज, चैत ११-लागुऔषध कारोबारविरुद्ध बाँके जिल्ला प्रहरीले बिहीबारदेखि सुरु गरेको 'अप्रेसन जुलियट' कारबाहीअन्तर्गत लागुऔषध कारोबारका 'डन' पुत्तन खाँसहित तीनजना पक्राउ परेका छन्। अप्रेसनमा प्रहरीले ऋचा र सिया नामक कुकुर प्रयोग गरेको छ।
जिल्लाको जैसपुरमा थालिएको सो अप्रेसनमा पक्राउ परेका अभियुक्त खाँ प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेका व्यक्ति हुन्।
काठमाडौंबाट ल्याइएका ऋचा र सियाको सहयोगमा अन्य दुईजना अभियुक्त इसरायल अन्सारी र जिलेदार खाँलाई समेत पक्रन प्रहरी सफल भएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरीनायब उपरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ अभियुक्तबाट प्रहरीले लागुऔषध 'हेरोइन' समेत बरामद गरेको छ। रासस
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires