रक्तश्रावका कारण सुत्केरीको मृत्यु


दिलीप पौडेल, बाग्लुङ,चैत ११- रक्तश्रावका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। बाग्लुङ अस्पतालमा सुत्केरी भएकी दुदिलाभाटी-६की २८वर्षीय हरिकला थापा पुनको मृत्यु भएको हो।

 अधिक रक्तस्राव भएपछि पोखराका लागि सिफारिश गरेपछि थप उपचारकोलागि मणिपाल अस्पताल पोखरा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो। थापाले जन्म दिएको शिशुको स्वास्थ्य भने राम्रो छ।

मणिपाल अस्पतालमा पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको मृतककी बहिनी सीता थापाले बताइन्। सामान्य अवस्थामा सुत्केरी भएर बच्चा जन्माएकी थापाको एक्कासि रक्तश्राव भएर केस जटिल भएपछि पोखरा सिफारिश गरेको थियो। मृतक थापाका श्रीमान् लोकबहादुर पुन भारतीय सेनामा कार्यरत छन्।
थापाको अहिले जन्मेको यो दोस्रो सन्तान हो।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login