गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार


काठमाडौं, चैत्र ११ - अफगानिस्तानमा १२ तालिबान विद्रोहीको सशक्त प्रतिकार गरेका एक बेलायती गोर्खा सैनिकलाई उच्च साहसिक पुरस्कार दिइने भएको छ ।
म्याग्दीका ३२ वर्षीय सर्जेन्ट दीपप्रसाद पुनले कन्सिपक्युयस ग्यालेन्ट्री क्रस (सीजीसी) पाएका हुन् । आफ्नो बटालियनका संघर्षपूर्ण लडाइँहरूमा उनले दिएको योगदान 'बहादुरीपूर्ण' भएको उल्लेख गर्दै पुरस्कृत गरिएको हो । द रोयल गोर्खा राइफल्स पहिलो बटालियनका पुनले एउटा भिडन्तमा १ सय मिटर टाढाबाट घसि्रँदै दुई विद्रोही ढालेका थिए । त्यतिखेर एउटा सानो पोस्टमा उनीसहित चार जना मात्र थिए । उनले दुईतिरबाट आक्रमण गर्दै रकेट, प्रोपेल, गि्रनेड र साना हतियारसहित आएका विद्रोहीमाथि गोली चलाएका थिए । विद्रोहीको एउटा गि्रनेड पुन रहेको छत अगाडि पर्खालमा लागेर उनलाई पछाडितिर हुत्याएको थियो । त्यसपछि पनि उनले १५ मिनेटसम्म लडेका थिए । उनले २० मिटरको दूरीबाट तीन सशस्त्र आक्रमणकारीलाई मेसिनगनबाट गोली हानेका थिए । १० मिटर मात्र टाढा देखिएका अर्का विद्रोहीलाई पनि उनले ढालिदिए । छतमै रहेका बेला २० मिटर पर रहेका दुई आक्रमणकारीलाई गोली प्रहार गर्दा भने उनको मेसिनगन बिगि्रए पछि उनले अर्को गह्रुँगो मेसिनगनको ट्राइपोड नै आक्रमणकातर्फ हुर्‍याएका थिए । त्यसपछि पनि उनले हातैले मेसिनगन उठाएर ८० मिटर टाढाका ४ आक्रमणकामाथि गोली वर्षाएका थिए । गोली सकिएपछि मात्र उनी सुक्षत स्थानतिर लागेका थिए ।
त्यतिबेला पुनले आफूनो र साथीहरूको ज्यान जोगाउनबाहेक केही सोच्नै नभ्याएको बताएको बेलायती 'आर्मी मिडिया एन्ड कम्युनिकेसन्स'ले जनाएको छ । 'दीपको साहस र वीरता अचम्मको थियो, मृत्युको खतरा थाहा पाएर पनि उनले दुश्मनलाई हराए । उनको योगदान कदरयोग्य छ,' शुक्रबार उनलाई पुरस्कृत गरिने उल्लेख गर्दै भनिएको छ । सन् २००० मा बेलायती सेनामा भर्ना भएका पुन अफगानिस्तानसहित बोस्निया र कोसोभोमा समेत खटिएका थिए ।

source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login