सेनालाई चीनको डेढ अर्ब

‘नेपालप्रतिको चासो बढेको सन्देश'- 

काठमाडौं, चैत १०  चिनियाँ सरकारले नेपाली सेनालाई १३ करोड चिनियाँ यान (झण्डै १ अर्ब ४३ करोड रुपैयाँ) बराबरको मेडिकल तथा विकास निर्माण उपकरण र दैविक उद्धार कार्यमा प्रयोग हुने सामग्री सहयोगस्वरूप उपलब्ध गराउने भएको छ। 
चिनिया जनमुक्ति सेनाका प्रमुख चेन विङ्दे र प्रधानसेनापति छत्रमानसिंह गुरुङबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा सैनिक मुख्यालयमा बुधबार हस्ताक्षर भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सहयोगमध्ये १ अर्ब १० लाख रुपैयाँबराबरको छाउनीस्थित वीरेन्द्र अस्पतालका लागि आवश्यक मेडिकल उपकरण र दैवीप्रकोप उद्धार कार्यमा प्रयोग हुने सामग्री हुनेछन्। विज्ञप्तिका अनुसार ३३ करोड रुपैयाँको विकास निर्माण कार्यमा प्रयोग हुने इन्जिनियरिङ उपकरण उपलब्ध गराइने छ।
नेपालको तीनदिने भ्रमणमा बुधबार काठमाडौं आइपुगेकै दिन चिनिया जनमुक्ति सेना प्रमुख विङ्देले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। १५ सदस्यीय भ्रमण टोली नेतृत्व गर्दै अपरान्ह विशेष विमानबाट काठमाडौं आएका विङ्देलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रथी तोरणजंगबहादुर सिंहले स्वागत गरेका थिए।
वीस वर्षपछि चिनिया सेनाप्रमुखको भ्रमणदलले नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य सहयोग उपलव्ध गराएको हो।
रक्षा मन्त्रालयका अधिकारीका अनुसार विकास निर्माणका लागि इञ्जिनियरिङ् सहयोग विगतको निरन्तरता हो। सैनिक अस्पतालका लागि विशेष सहयोग दिइएको छ।
‘नेपालप्रतिको चासो बढेको सन्देश दिन मित्रराष्ट्र चीनले सैन्य सहयोग राशी ह्वात्तै बढाएको छ,' तीअधिकारीले भने, ‘सबै वस्तुगत सहयोग हुनेछ।
साँझ जंगीअड्डा पुगी उनले प्रधानसेनापति गुरुङसँग भेटवार्ता गरेका थिए। भेटमा आपसी हितलगायत विविध समसामयिक विषयबारे छलफल भएको सेनाले जनाएको छ। नेपाली सेनाले निर्वाह गर्दै आएको भूमिकाबारे विङ्देलाई ब्रिफिङ्समेत गरिएको थियो।
भ्रमणको दोस्रो दिन बिहीबार बिहान विङ्देले रक्षामन्त्री विष्णु पौडेल र प्रधानमन्त्री झलनाथ खनाललाई भेट्ने कार्यक्रम छ भने अपराह्न राष्ट्रपति रामवरण यादवलाई भेट्ने बताइएको छ।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login