बैंक लुट्ने योजनाकार हतियारसहित पक्राउ


१० चैत्र, वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले बैंक लुट्ने योजनाका साथ आएका तीनजनालाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको अपराध नियन्त्रण विशेष टोलीले वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ तेजारथ टोलबाट एउटा थ्री फिप्टी बन्दुक र त्यसमा प्रयोग गरिने तीनवटा गोलीसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाराको फत्तेपुर गाविस वडा नम्बर ४ निवासी नन्दकिशोर सहनी, फत्तेपुर वडा नम्बर ७ निवासी विनोद वैद्य, बाराको इनर्वा वडा नम्बर ६ निवासी हृदयनारायण यादव रहेका छन् ।
तेजारथ टोलमा रहेको छिमेकी विकास बैंक लुट्ने योजनाका साथ आएको सुराकीका आधारमा उनीहरुलाई बुधबार साँझ ६ बजे पक्राउ गरिएको प्रहरी निरिक्षक मञ्जील मुकारुङले जानकारी दिनुभयो । पक्राउ परेकालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login