भक्तपुर, चैत्र १० - यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।
उनका अनुसार परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना विद्यार्थी सहभागी हुने छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
परीक्षाको लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यसका लागि कुल ४७ हजार २४२ जना कर्मचारी खटाइने बताइएको छ । सरकारले यसबर्ष चिड चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउनेभएको छ ।
परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताए । सो परीक्षा यही चैत १८ गतेसम्म चल्नेछ । रासस









0 commentaires