ज्ञान न्यौपाने, काठमाडौं, चैत ११ - भारत सरकारले सहयोग गर्ने सत्रवटा दमकल विभिन्न तेह्र नगरपालिकालाई प्रदान गरिने भएको छ। दमकल प्राप्त भएपछि विशेष आवश्यक स्थानमा तुरुन्तै प्रदान गरिने विहिबार स्थानिय विकास मन्त्रालयले जनाएको छ।
अत्याधिक आवश्यक नगरपलिकामा दमकल वितरण गरिने जानकारी मन्त्रालयले गराएको हो। माग एवम् आवश्यकता हेर्दै मन्त्रालयले आसालै नगरपालिका छुट्टयाएको बताएको हो।
'अत्यन्तै आवश्यक क्षेत्रमा आवश्यक संख्या अनुसार वितरण गर्ने भएको छौं' मन्त्रालयका उपसचिव विनोद प्रकाश सिंहले भने 'दमकल निर्माण कार्य भारतमा भैएरहेको जानकारी प्राप्त भएको छ आएपछि वितरण थाल्नेछौं।' प्राप्त हुने दमकल नगरपलिकाको मागअनुसार क्षमताको हुने बताउन्दै उनले भने 'बढिमा छ हजार लिटर क्षमताका दम्कल आउँने छन्।'
'दुतावासले कहिले प्रदान गर्ने भन्ने बताएको छैन यसै समयमा उपलब्ध गराउँन निर्माण कार्य थालेको जनाएको छ,' उनले भने 'तैपनि हामीले कुनकुन नगरपालिकालाई प्रदान गर्ने भन्ने बारे हाम्रो काम गरेका हौं।'
सत्र दमकल मध्ये आठवटा स्थानिय विकास मन्त्रालयले काठमाडौं उपमहानगरपालिका, ललितपुर उपनगरपलिका, विराटनर उपनगरपालिका, विरगंज उपनगरपालिकालाई दुई / दुई वटा प्रदान गर्ने जनाएको छ। साथै बाँकी नौवटा पोखरा उपमहानगरपालिका सहित नगरपालिकामा धनकुटा, धनगढी, बाग्लुङ, भद्रपुर, धरान, विरेन्द्रनगर, लेखनाथ, इलाम क्रमश एक/ एक दमकल प्रदान गर्ने जनाएको छ।
नगरपालिकाबाट ६७ वटा दमकलको माग आएकामा स्थानिय विकास मन्त्रालयले ६० वटा दुतावाससँग माग गरेको सिंहले बताए। 'एक वर्षदेख दुतावाससँग छलफल भैरहेको थियो, दुतावासले सहयोग गर्ने बताएपछि नगरपालिकालाई खबर गर्यौं, त्यसबापत ५८ नगरपालिका बाट ६७ वटा दमकलको माग आएको थियो।' उनले भने 'हामीले साठीवटा दमकलको माग रहेको दुतावासलाई जानकारी गरायौं, दुतावासले सत्र वटा सहयोग गर्न सक्ने पत्रमार्फत जनाएको छ।'
दुतावासले भारतमा दमकल निर्माण कार्य भैरहेको जनाएको मन्त्रालयलाई जानकारी गराएको छ। दुतावासले सहयोग गर्ने भन्दै वैशाख ३१ गते २०६७ (१४ मे २०१०) स्थानिय विकास मँत्रालयलाई पत्र पठाएको थियो। मन्त्रालयले ६० दमकलको माग गरेकोमा भारतले अहिले सत्रवटामात्र दिन सक्ने पत्रमा उल्लेख गरेको छ। बाँकी अरु सहयोग गर्ने नगर्नेबारे दुतावासले खुलाएको छैन।
साथै सो अनुदानबाट बाट बञ्चित तर आवश्यक रहेका नगरपालिकाले जगेडा कोष मार्फत आफ्नो केबल दश प्रतिशत लगानीमा मात्र दमकल पाउँने व्यवस्था रहेको छ। जगेडा कोष अन्तर्गत अत्यन्तै आवश्यक भएका नगरपालिकाले कुल खर्चको १० प्रतिशत लगानी गरी बाकी नब्बे प्रतिशत कोषको खर्चमा दमकल पाउँने व्यवस्था रहेको सिंहले बताए। राजविराज र इनरुवा नगरपलिकाले स्थानिय विकास मन्त्रालय अन्तर्गतको जगेडा कोष अन्तर्गत दमकल पाउँने मन्त्रालयले जनाएको छ। यसै प्रक्रिया अन्तर्गत मलङ्गवा नगरपलिकाले पनि लिन लागेको मन्त्रालयले उल्लेख गरेको छ।
source:-nagriknews









0 commentaires