सीमामा भारतीय हस्तक्षेप तिव्रः संसदीय समिति


वार्ता गर्न उच्चस्तरीय संयन्त्र गठन गर्न निर्देशन

११ चैत्र, काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
नेपालको सीमा क्षेत्रमा भारतीय हस्तक्षेप तिव्र भएको ठहर गर्दै समितिको बिहीबारको बैठकले समस्या समाधानका लागि भारतको केन्द्र सरकार, राज्य सरकार र स्थानिय प्रशासनसँग वार्ता गर्ने अधिकारसहितको उच्चस्तरीय संयन्त्र गठन गर्न निर्देशन दिएको हो ।
समितिले भारतले सीमामा नेपाली भूमिको अतिक्रमण गरेको, दशगजा क्षेत्रमा रहेका पिल्लरहरु उखेलेको तथा नेपालीहरुको ज्यान लिने, कुटपिट गर्ने लगायतका ज्यादति गरेको ठहर गरेको सभापति पदमलाल विश्वकर्माले जानकारी दिनुभयो ।
‘सीमा क्षेत्रमा भारतीय हस्तक्षेपको लामो श्रृखला छ’ विश्वकर्माले भन्नुभयो-’अब समितिले निर्देशन दिएर मात्र पुगेन, उच्चस्तरिय संयन्त्र गठन गरेर कुटनीतिक माध्यमबाट तत्काल समस्या समाधान गर्नुपर्छ ।’ भारतीय हस्तक्षेपविरुद्ध विगतका सरकारहरुले कुनै कदम चाल्न नसक्नु खेदपूर्ण भएका भन्दै सभापति विश्वकर्माले तत्काल समस्या समाधान नगरे मुलुकको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिनुभयो । ‘सरकार टिकाई राख्ने वा सरकारमा जाने नाममा मुलुकको राष्ट्रियतामाथि भएको हस्तक्षेपविरुद्ध समेत नेपालको सरकारले केही गर्न सकेन’ उहाँले भन्नुभयो-’अब पनि सरकारको आंखा नखुल्ने हो भने नेपाल र नेपालीको अस्तित्व नै खतरामा नपर्ला भन्न सकिन्न ।’
आफ्नो नेतृत्वको समितिले स्थलगत अध्ययन गरी पटक-पटक दिएको निर्देशन सरकारले कार्यान्वयन नगरेको भन्दै विश्वकर्माले असन्तुष्टि नजाउनु भयो । सभापति विश्वकर्माका अनुसार समितिले पछिल्लो समय बुझाएको प्रतिवेदनमा भारतले सीमा क्षेत्रमा गरेका ज्यादतिहरु उल्लेख छ ।
समितिको बिहीबारको बैठकले बर्दिया जमुनी-९ शान्तिपुरका हर्कबहादुर साहीको अवस्थाबारे तत्काल जानकारी दिन पनि सरकारलाई निर्देशन दिएको छ । पिडितका आफन्तहरुले साहीलाई एसएसबीका जवानहरुले फागुन ५ गते सीमा क्षेत्रबाट लखेट्दै नेपाली भूमिसम्म ल्याएको तथा घिसार्दै लगेर हत्या गरेका बताएका छन् । तर स्थानिय प्रशासन तथा एसएसबीले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
समितिको बैठकमा परराष्ट्रसचिव मदनकुमार भट्टराईले साहीका बारेमा गृहमन्त्रालयसँग जानकारी मारिएको तर जवाफ आइनसकेको जानकारी दिनुभयो ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login