नेपाल आयुर्वेद अस्पतालको निर्माण हुने


११  चैत्र, ललितपुर । नेपाल, भारत र नेदरल्याण्डबीच आयुर्वेद अस्पताल निर्माण गर्ने विषयमा सम्झौता भएको छ । बिहीबार नेपालका तर्फबाट हिमालयन मेडिकल कलेज अफ साइन्सका डा रत्नकमल वैद्य, नेदरल्याण्डका तर्फबाट डा राजा किन्ले ब्रुक र भारतका तर्फबाट डा आनन्द श्रीवास्तवले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
परम्परागत आयुर्वेद चिकित्सालाई एक अर्का देशबीच सहकार्य गरी आधुनिकीकरण गर्ने उद्देश्यले मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय आयुर्वेद गोष्ठीमा आयुर्वेद चिकित्सासम्बन्धी विद्यार्थी र प्राध्यापकसँगको ज्ञान आदानप्रदान गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने सहमति भएको छ । यसैगरी आयुर्वेद चिकित्सा पद्दतिलाई प्रयोगमा ल्याउनका लागि पनि यी संस्थाबीच समन्वय रहने बताइएको छ । उक्त गोष्ठीमा नेपालका ४० र भारत तथा संयुक्त राज्य अमेरिकाका एक-एक गरी ४२ आयुर्वेदविज्ञको सहभागिता रहेको थियो ।
कार्यक्रमका संयोजक दीपकप्रकाश बाँस्कोटाले नेपालका जडीबुटीको प्रयोग गरी निर्माण गरिएको आयुर्वेदिक औषधिको उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरिने बताउनुभयो । हाल प्रयोगमा आउने एलोपेथिक औषधिबाट मानिसमा साइड इफेक्ट हुनसक्ने भएकाले परम्परागत आयुर्वेद औषधि प्रयोग गर्न आम जनतालाई सचेतना फैल्याउन जरुरी भएको बताइएको छ । रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login