खोभारी दुर्घटना गराएर भागे


काठमाडौ, चैत्र ७ - सभासद खोभारी रायले आइतबार साँझ साढे छ बजे सवारी दुर्घटना गराएर भागेकाछन् । बा२च ९९४८ नम्बरको रातो पजेरो चलाएका खोभारीले सोह्रखुट्टेमा पार्किङ गरिरहेको बा३४प ३५३८ नम्बरको मोटरसाइकल माथि गाडी चढाएका थिए । दुर्घटनालगत्तै स्थानीयले होहल्ला गर्दै नियन्त्रणमा लिन खोज्दा राय मोटरसाइकल हेर्ने बहानामा सुटुक्क भागेका थिए । प्रहरीले गाडी सोह्रखुट्टे ल्याएर कार्यालयमा राखेको छ ।
स्थानीयले सभासद भनेर नचिन्दै कारबाही गर्नुपर्छ भन्दै होहल्ला गर्न थालेपछि प्रहरीको थप मद्दत गएर राय र उनको गाडीलाई जोगाएर ल्याएका थिए । स्रोतका अनुसार केही घन्टापछि राय आफैं गाडी लिन सोह्रखुट्टे आएका थिए । उनको बोली र खुट्टा लरबराइरहेको थियो । उनी सद्भावना पार्टी सर्लाही-५ का सभासद हुन् । राय मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्ने रूपमा चिनिन्छन् ।  
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login