धरान राजनीतिक परामर्शका लागि भारत गएका तीन मधेशवादी दलका अध्यक्षहरुले तराईका सशस्त्र संगठनका नेताहरुसँग वार्ता गरेका छन् । सरकारबाट बाहिरिएलगत्तै मधेशकेन्द्रित आन्दोलन गर्ने धम्की दिएका मधेशवादी दलहरुले नयाँ संविधानमा मधेशका मुद्दा सम्बोधन हुन नसके कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेको बताइएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ दिल्लीमा शनिबार तराईका तीनवटा सशस्त्र संगठनका प्रतिनिधिहरुसँग वार्ता गरेका थिए । वार्तामा अखिल तराई मुक्ति मोर्चाका जयकृष्ण गोइत, जनतान्त्रिक तराई मुक्ति मोर्चाका नागेन्द्र पासवान र मधेश मुक्ति टाइगर्सका जगदीश अधिकारी सहभागी थिए ।
समाचार
»
सशस्त्र संगठनसँग मधेशवादी नेताहरुको भेट
सशस्त्र संगठनसँग मधेशवादी नेताहरुको भेट
Tags:
समाचार

0 commentaires