महिला अटोमेकानिक


हरेक विहान ५ बजे उठ्नैपर्छ । हतारहतार गरेर खाना पकाउन शुरु गरिहाल्नु पर्छ ।दमक ११ निवासी अन्जु तिम्सिनालाई सँधै हतारो नै हुन्छ । यो हतारो कुनै घाँस गोवर गर्न होइन, कुनै जागिरमा जानको लागि पनि होइन । 
यो हतारो हो, घर नजिकै रहेको आफ्नै ग्यारेज खोल्न र बिग्रेका मोटर साईकलहरु बनाउनलाई ।
अव उनलाई हँसिया बोकेर घाँस काट्न गएको सम्झना धेरै छैन । किन भने घाँस काट्ने हातले केही बर्षदेखि मोटर साईकल बनाउने रेन्चहरु पक्रन थालेका छन् ।महिलाहरुले घरधन्दा र घाँस दाउरामात्र बढि गर्नु पर्ने बाध्यतालाई दमक वडा नं. ११ को मूल वजारमा मोटर साईकल ग्यारेज खोलेर बसेकी अन्जु देवी तिम्सिनाले महिलाहरुबीच एउटा उदाहरणीय कार्य गरेर देखाएकी छिन् ।

दमक नगर क्षेत्रमा वि. सं. २०५७ सालदेखि आफ्नो श्रीमान् चिन्तामणी तिम्सिनाले चलाउँदै आएको व्यवसाय मोटर साईकल ग्यारेजले अन्जुलाई विस्तारै विस्तारै मोटर साईकल मर्मततर्फ आकर्षित गर्दै ल्यायो ।
२०६१ सालबाट आफ्नै ग्यारेजमा काम सिक्न थालेकी अन्जुले श्रीमानको सहयोगबाट मोटरसाईकल मर्मत गर्न सिकेकी अनुभव सुनाउँछिन् । हुन त ग्यारेज श्रीमानले खोल्नु भएको हो तर अहिले मेरै जिम्मा छ । आफैले केही समय अगाडिबाट आफ्ना दोकानमा रहेका ३ जना स्टाफलाई बाईक मर्मत गर्न सिकाएको बताउँछिन् ।
नेपाल अटो मेकानिक संघका सहसचिव रहेका आफ्नो श्रीमानले हाल आएर धेरै काम आफैंलाई जिम्मा दिने गरेका छन् । बाइक सर्भिसिङ्ग, पञ्चर, सामान फेर्ने जस्ता कार्य गर्न शिपालु भई सकेकी अन्जुको दुइ छोरा अचित र अनुप दिनको बोर्डर्समा पढ्दैछन् । विहानको खाना बनाएर खुवाएपछि उनको दिन बाईक मर्मत र सर्भिसिङ्गमा नै वित्छ ।
एसी मोटर साईकल ग्यारेज नाम राखी चिन्तामणी तिम्सिनाले ग्यारेज खोलेको दमकमा १ दशक वितिसकेको छ । कैलालीको धनगढी नगरपालिकामा कृष्णचन्द्र अटो वर्कसपमा २०५२ सालबाट काम गरेको अनुभव रहेको उनी बताउँछन् । केही बर्षदेखि श्रीमतिले नै धेरै काममा सहयोग पुर्याउन थालेपछि कति दिन आफू बाहिर हिड्दा पनि दोकान चलिरहेको उनको भनाई छ । हाल आएर श्रीमान श्रीमती मिलेर मासिक ६० देखि ७० हजार रुपैयाँ रकम सहजै कमाई हुने गरेको उनी बताउँछन्। मोटरसाईकल बनाएर तिम्सना जोडीले दमक ११ मा हाल पक्की घर बनाउँदैछन् । रोजगारीको अभावमा विदेश गएर महिला अस्मितामाथि नै खतरा रहेको महिला बैदेशिक रोजगारीलाई अन्जुले स्वदेशमा नै खुशी साथ श्रीमान् र बालबच्चासँग बसेर मनग्गे आम्दान गरेको अन्य महिलाहरुको लागि उदारहण बनेको छ ।
नेपाल अटो मेकानिक संघ दमक नगरका अध्यक्ष सुमन सेढाईंले अन्जु नगरकै पहिलो मोटर साईकल मेकानिक महिला त अवश्य हुन् तर झापा जिल्लामा मै पनि उनी पहिलो महिला हुन सक्ने अनुमान गरेका छन् । सेढाईंका अनुसार वर्कसप व्यवसाय महिलाले चाहँदा र सिक्दा सकिने सहज र आम्दानीको दृष्टिकोणमा राम्रो व्यवसाय भएको दावी रहेको छ । अझ पढेका महिलालाई त यो व्यवसायले धेरै सहज र लाभदायिक बन्न सक्ने उनको भनाई छ । शुरुमा चिया दोकानबाट जीविकोपार्जन शुरु गरेकी महिला अन्जुले नगर क्षेत्रका अन्य महिलाहरुको लागि उदाहरण बन्न सक्ने सेढाईंले जानकारी दिएका छन् ।
हाल दमक क्षेत्रमा संचालित २ दर्जनको हाराहारीमा रहेका वर्कसपहरुमा पछिल्लो पटक बढ्दै गएकोको महँगी र मर्मत तथा पार्ट्स वितरणको रेटमा एकरुपता नभएकोले वर्कसप व्यवसायलाई व्यवस्थापन गर्न गाह्रो परिरहेको संघले जानकारी दिएको छ । संघ अध्यक्ष सेढाईंका अनुसार चाँडै व्यवसायीलाई प्रमाण पत्र र दररेट वितरण गरी नगर क्षेत्रमा वर्कसप व्यवसायलाई व्यवस्थित बनाउने बताइएको छ । यस व्यवसायमा अन्जु जस्तै अन्य महिलाहरु पनि उत्पादन गर्ने मेकानिक संघको लक्ष्य रहेको संघले बताएको छ ।
डिकेश


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login