चित्रमा खुसी खोज्दै ऋषिका


काठमाडौ, चैत्र १६  - 'ओठमा मुस्कान दिलाउन सक्नु कलाको खुबी हो,' चित्रकार ऋषिका जलान भन्छिन् । भारतमा जन्मीहुर्की नेपाललाई घर बनाएकी उनी यति बेला आफैं हषिर्त छिन् । दरबारमार्गस्थित आर्ट सपमा उनी कलाप्रेमीलाई खुसी बाँडिरहेकी छन् । 


'मानिस खुसी रहे मात्र केही गर्न सक्छ,' ऋषिका आफ्नो चित्रसँग यस्तै भावना पोख्छिन्, 'मेरा चित्र यही थिममा आधारित छन् ।' १५ वर्षदेखिको चित्रकार सपना पूरा गर्ने क्रममा उनी 'पनास' एकल चित्र प्रदर्शनीसाथ ग्यालरी आएकी हुन् । 



पटनामा जन्मी राजस्थानमा हुर्केकी यिनका प्रायः चित्रमा माइती समाजकै परिवेश पाइन्छन् । राजस्थानी संस्कृति, जनजीवन, प्रकृति र आस्थालाई उनले क्यानभासमा उतारेकी छन् । 'यिनी राजस्थानी बेहुली,' बिहे भएर जनकपुर आइपुगेकी ऋषिकाले क्यानभासमा गोल्डन स्टोनले सिंगारिएकी लजालु नारी औंल्याइन्, 'सुहागरातका लागि पतिको प्रतीक्षा गरिरहेकी छन् ।' 



चित्रको शीर्षकमा पनि उनले उतैको प्रभाव घुसाएकी छन्- 'इन्तजार' -पर्खाइ) । तैल माध्यममा पोतिएको उनको यो चित्र रोमाञ्चक र भावुक लाग्छ । सुन्दरता उनका चित्रको मुख्य विषय हो । प्रकृति, धर्म- संस्कृति या जनजीवन । जता पनि उनले सुन्दरतालाई पछ्याउन छाडेकी छैनन् । 'सोलह सिंगार' शीर्षकको चित्रमा उनले युवतीहरूको सिंगारपटारलाई समेटेकी छन्, 'सुर संगम' मा चाहिँ परम्प्ारागत बाजा बजाएर आनन्द लिइरहेका राजस्थानी । 



'अ मेन्स गेम' चित्र भने केही विद्रोहात्मक लाग्छ । पुरुषप्रधान समाजमा महिलाले जुवा खेल्ने प्रचलन छैन । तर, उनले यो चित्रमा पासा खेलिरहेका युवतीहरूलाई कैद गरेकी छन् । 'यो चित्र अधिकारको प्रतीक हो,' तैल, सेरामिक, गोल्डेन बिट्सको संयोजन रहेको चित्रबारे उनी बोलिन्, 'नारी स्वतन्त्रताको अपिल गरेकी छु ।' 



चित्रमा उनले नारी मनोविज्ञानलाई पनि उतार्न खोजेकी छन् । 'मिरर अफ द सोल' चित्रबाट उनले नारीको गहिरो मनोविश्लेषण गरेकी छन् । बाहिर खुसी देखिए पनि नारीहरू भित्रभित्रै दमित र दुःखित हुन्छन् भन्ने उनले औंल्याउन खोजेकी छन् । यसबाहेक केही चित्रहरू धार्मिक प्रकृतिका न् । 'ऋद्धिसिद्धि', 'ओम', 'दीनानाथ', 'मंगलमूर्ति', 'सिद्धि विनायक', 'किङ अफ किङ्स' लगायतका चित्र गणेशसँग सम्बन्धित छन् । 



नेपाली परिवेशको हिमाली जनजीवनलाई पनि उनले चित्रमा उतारेकी छन् । भारी ओसारिहेकी महिला र चरिरहेका भेडाको बथान समेटिएको पानीचित्रले हिमाली समाजमा पुगेको अनुभव गराउँछ । राजस्थानमै रहँदा कोरिएका र नेपाल आएपछिको फुर्सदमा बनाइएका सिर्जनाहरूलाई उनले प्रदर्शनीमा ल्याएकी हुन् । प्रदर्शनी एक सातासम्म चल्नेछ ।




source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login