सरकारी कर्मचारी म (आख्यान)


शिव अधिकारी केही कुरा लेख्नलाई मन सधैं उद्धेलित भैरहन्छ–मेरो । अनि कापी, कलम लिएर बस्यो । तर रित्तो दिमागले सोच्न पो के सक्थ्यो र केही लेख्नलाई ! बिना सोच, बिना कल्पनाशीलता र बिना अध्ययन नै टुक्रे कुरा लेखेर साहित्यकार भै टोपल्न खोज्ने मेरा इच्छाहरु सफलै पो कसरी हुन्छन् र ? केही मगजमा पहिल्यै ‘सेट’ भएर बसे पो त्यसलाई परिष्कृत गरेर सर्रर उतार्नु ! न विषयबस्तु, न त विषयबस्तु पहिल्याउन सक्ने कला केही भएन–ममा । विषयबस्तु एउटा लेखकबाट, भाषाशैली अर्को लेखकबाट र संरचना अझ अर्को लेखकबाट ‘कपि’ गरेर एउटा पूर्ण लेख तयार गर्ने मेरो बानीले मलाई कहिले सफल बनाउला ? बास्तवमा म अहिले पनि लेख्न त कथा भनेर बसेको हो । तर, यो पूरै लेखिसक्दा पनि तयार चाँही के भयो म आफैले खुट्याउन सकिरहेको छैन ।
कताबाट उछिट्टिएर म एकपटक सरकारी मानो खान पुगें । बिना ‘पावर’ बिना ‘च्यानल’ म त्यहाँ पुगेको देखेर मेरा साथीभाइहरुले नै मप्रति इश्र्या गर्न थाले । हुन पनि हो–म कताको मान्छे ! कताबाट साइत बिग्रिएछ या सप्रिएछ–सरकारी कार्यालयमा पो हाजिर हुन पुगें । जसले जति नै इश्र्या गरे पनि मेरो पूरै शरीरमा खुशिको रक्तसञ्चार नहुने कुरो भने भएन । किनभने, म बक्कैदा जाँच दिएर, पास भएर काममा लागेको थिएँ । निर्वाचन आयोगको फोटो सहितको मतदाता नामावली संकलन कार्यक्रमले मेरो त्यति पूर्पुरो बनाइदिएको थियो–केही समयका लागि । संवैधानिक निकायमा पाएको दरबन्दीले मलाई कम्ता ‘मै हुँ’ भन्ने बनाएन–त्यतिबेला । ओहो ! त्यता काम गर्न थालेदेखि समाजमा बढेको मेरो प्रतीष्ठाको त झन् के कुरा गर्नु ? ‘तिमी’ भन्नेहरुको मुखमा ‘तपाई’ झुन्डिन थाल्यो । ‘भाइ’ भन्नेहरुले ‘सर’ को पगरी पहि¥याउन थाले । त्यतिक्कै हो त मेरो घमण्ड बढेको ? म मात्तिएको ?
बडो गज्जब भयो–एकदिन । काम गर्दै थिएँ–आफ्नो कार्यस्थानमा बसेर । एकजना महिला आएर टेबलका फाइलहरु जथाभावी चलाउन लागिन । मैले नचलाउन आग्रह गरेको मात्र के थिएँ–ति महिला जङ्गिइन– “भाई तिमी कुन पाटीको ?” मलाई झोंक चलेर आयो । एउटा कर्मचारीलाई कुन पाटीको भन्ने ? तैपनी मैले शान्त भएर उत्तर दिएँ– “म अहिले कर्मचारी हुँ, कुनै पाटीको मान्छे होइन ।” कुनै पाटी विशेषको त म कहिले पनि भइन । मेरो उत्तरले तिनी झनै चिंढिइन– “फलानो पाटीको होला, हैन ? म को हो चिनेको छौ ? तिमीलाई चाँहे भने अहिले म जागिरबाट हटाइदिन सक्छु ।” यस्तरी भनिन् कि मेरो हाकिमनी ऊ नै हो । । मैले उसैसँग तलब बुझ्ने गरेको छु । मेरो पनि पारो नतातेको त हैन तर एउटा कर्मचारीको आचारसंहिताले मलाई केही गर्ने आँट दिएन । यदि अन्त त्यसो हुँदो हो त ति महिलाले त्यति बोलुञ्जेल मैले उल्टै तिनको सातो लिई सकेको हुन्थेँ । पछि थहा भयो–ति महिला हाम्रो देशको छसय एक मध्ये कि रहिछिन् । अर्थात् संविधानसभा सदस्य ।
एकपटक काम गर्दै थिएँ–आफ्नो काम गराउन एउटी अधबंैशे आईमाई आइपुगिन । तिनको ‘डकुमेन्ट’ कमजोर रहेछ–हेर्ने बितिक्कै थाहा भैहाल्यो । ‘डकुमेन्ट’ मजबुत बनाउन आग्रह मात्र के गरेको थिएँ ! ति आईमाई त आफ्नो मादकता पो मजबुत बनाउन थालिन् । मसँगै आएर टाँस्सिन लागिन् । जिऊ सुम्सुम्याउन लागिन् । ‘बिहे भयोे, भएन’ सोध्न लागिन् । आफू अबिबाहित । ति आईमाईको त्यस्तो क्रियाकलापले मलाई भने खप्पिनसक्नु भयो । हुन त ति अधबैंशे पनि अबिबाहित नै रहिछिन् । उनको त्यत्रो ‘टिप्स’ को बाबजुद मैले काम गर्न नसक्ने जनाएपछि ति अधबैंशे ठुस्किदै गइन । त्यसपछि मलाई भने अचम्मको रोग लाग्यो । राम्रा–राम्रा केटीहरु आए भने–छोई हाल्न मन लाग्ने, जिस्किन मन लाग्ने, काम गर्न पनि आनन्द आउने । तर यदि अरु कोही काम गराउन आएको खण्डमा साह्रै पट्यार लाग्ने । कामै गर्नु नपरे हुन्थ्यो जस्तो पो हुने भन्या ! एकपटक एउटी काम परेर आएकी एकदमै राम्री तरुनीलाई त मज्जैसँग पो छोएछु ! पछि ति केटीले आनाकानी गरेपछि मात्र मैले आफूले आफूलाई संयमित बनाएको थिएँ । ति केटी फेरि त्यही सभासदको छोरी पो परिछिन् भन्या ! बुझ्दै जाँदा !
कहिले काँही त काम यति अचाक्ली हुन्थ्यो कि चुरोटसम्म तान्ने फूर्सद नहुने । आफ्नो भने छिनछिनमा चुरोट तानिरहनु पर्ने लतले साह्रै तनाब बनाउँथ्यो । ओठ, तालु सबै सुकेको जस्तो पीडा हुने । शरीर सबै फतक्क गल्ने । जब साँझ पथ्र्यो–मन हलुका भएर आउँथ्यो । घर निस्किने बेलामा मज्जैले सास फेरेर निस्कन्थें । त्यस्तै तनाब भएको दिन हो–काम हतार हतार सकाएर निस्कें–अफिसबाट । साथीलाई फोन गरें, भेटें र छिरें–भट्टीतिर–आफ्नो शरीरको थकान मेटाउन । जाँड टन्नै पिइएछ–त्यो साँझ । ३÷४ जना मिलेर मिलेर पिएको त्यो जाँडले यति मातिएछ कि ! के भन्नु ? भट्टीबाट निस्किएको मात्र थियौं–आँखै अगाडि पुलिस चेकिङ्ग रहेछ । साथीहरु डरले ‘बाइक’ चेकिङ्ग भएको बिपरित दिशातिर मोड्न खोजे । मैले भने पुलिस चेकिङ्ग भएकैतिर हिड्न कर गरेछु र भनेछु– “यस्ता मूला ! पुलिसहरु त को हुन् र ? म यिनीहरु भन्दा ठूलो कर्मचारी हुँ । मेरा सुरक्षाकालागि खटिन्छन्–यिनीहरु । यिनीहरुलाई मै थर्काइहाल्छु नि ! कसले के गर्न सक्छ, हामीलाई ?” भोलिपल्ट अफिसमा अघिल्लो दिनको ‘ह्याङ्ग’ भएर चौपट । अघिल्लो दिनको घटना सम्झेर ‘थुक्क–थुक्क’ भन्नुभन्दा मसँग अर्को उपाय केही रहेन ।
त्यो सरकारी जागिर खाउँन्जेलको मेरो रवाफ अहिले सुकिसकेको छ । यसो दुई÷चार जनाले कर्मचारी हुँदाको बखतकै जस्तो गर्ने इज्जत भन्दा बढी फूर्ति अहिले मसँग छैन । कति आनन्दका थिए–ति दिनहरु । काम भन्दा बढी नाम ! नाम भन्दा बढी दाम ! त्यो भन्दा रमाइलो जिन्दगीमा के नै हुन्छ र ? सबैले ‘सर÷सर’ भन्ने मेरो अनुहार अहिले थोत्रो भैसकेको छ र फेरि उही पूरानै लयमा फर्किसकेको छ । कतै हिड्दा पनि पछि लागिलागि बोलाउने मानिसहरु अहिले मलाई देख्ने बितिक्कै मुन्टो बटारेर हिड्न थालेका छन्् । कहिले काँही जाँड खाएको बेला मातेर ‘सरकारी कर्मचारी हुँ म’ भन्ने भन्दा ठूलो इज्जत अहिले मेरो छैन ।

adhikarishiva05@gmail.com
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login