८ चैत्र, काठमाडौं । ‘सहरका लागि पानी’ भन्ने मुख्य नाराका साथ १९ औं विश्व पानी दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पानी दिवसको अवसर पारेर सरकारले गत विहीबारदेखि राष्ट्रिय जलसप्ताह कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र ग्रामिण क्षेत्रमा भने पानीको हाहाकार छ । वनजंगलको विनासले पानीका स्रोत सुक्दै गएका छन् भने जनसंख्या बृद्धिले भएको पानी पनि सबैलाई पुग्न सकेको छैन ।
काठमाडौं उपत्यकामा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पर्याप्त पानी आपूर्ति गर्न सकेको छैन ।
भुमिगत पानीको अभावले निम्तिएको विकराल समस्यालाई आकाशे पानी संकलन गरे केही हदसम्म कम गर्न सकिने विज्ञहरुले बताएका छन् ।
SOURCE:-ONLINEKHABAR
0 commentaires