भुटानी शरणार्थी शिविरमा भीषण आगलागी,सात सय छाप्रा जल्यो


झापाको गोलधाप स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । आलागिबाट शिविरका सात सय बढी छाप्रा जलेर नष्ट भएका छन् ।
बिहान आठ बजेतिर सेक्टर बी वान हट नम्बर १८ का नरेश तिम्सिनाको छाप्रोबाट आगलागि शुरु भएको थियो । आगलागिको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
गोलधाप शिविरमा यो सहित तेस्रो पटक आगलागि भएको हो । तीन बर्षअघि पनि शिविरमा आगलागि हुदाँ पाँचसय बढी छाप्रा डढेर नष्ट भएका थिए । आगो नियन्त्रणमा लिन दमक, भद्रपुर र मेचीनगरबाट बारुणयन्त्र खटिएका छन् । आगो निभाउन शरणार्थी , स्थानिय समूदाय र सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागिबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको गोलधाप सहकर्मी तिलक निरौलाले जानकारी दिए ।


Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login