११ चैत्र, पर्सा । उद्योगी, व्यवसायीको मागका आधारमा सन् २००४ मा स्थापना गरिएको वीरगन्जस्थित सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय भन्सारको मान्यता नपाउँदा राज्य र उद्योगीले करोडौ रुपैयाँ घाटा व्यहोर्नु परेको गुनासो गरिएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले बन्दरगाहलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त भन्सार बनाउन पहल आवश्यक रहेको बताउनुभयो । उहाँले छिमेकी देश भारत र तेस्रो मुलुकबाट सामान आयातको प्रमुख मार्ग बन्दरगाह बने पनि व्यवस्थित नहुँदा उद्योगीले अतिरिक्त शुल्क तिर्नु परेको बताउनुभयो ।
विशेषगरी बन्दरगाहभित्र तेस्रो मुलुकबाट आउने कन्टेनर बाहेक इन्धनजन्य पदार्थ भण्डारण गर्ने उचित व्यवस्था नहुनु, सिमेन्ट, क्लिङ्कर, कोइला, नुनजस्ता वस्तुको भण्डारण गर्ने पर्याप्त ठाउँ नहँुदा पनि उद्योगी, व्यवसायीले समस्या झेल्नु परेको उहाँ बताउनुहुन्छ ।
उक्त रेल्वे लाइनलाई अमलेखगन्जस्थित आयल निगमसम्म पुर्याउन र बन्दरगाहलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त भन्सार बनाइएमा मात्रै नेपालको व्यापारमा बन्दरगाहले ठूलो टेवा पुर्याउने यहाँका उद्योगी, व्यवसायीले विश्वास लिएका छन् । रासस









0 commentaires