रौतहट, चैत्र ११ - पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै भुमिगत सशस्त्र समुह तराई जनतान्त्रिक मधेश मुक्ति पार्टीले शुक्रबार अपरान्ह सदरमुकाम गौरबाट आउँदै गरेको एक यात्रुबाहक बसमा राखेको सकेट बम बिस्फोट हुँदा १३ यात्रु घाईते भएका छन । घाईते सबैको गौर अस्पतालमा उपचार भईरहेको छ ।
सदुरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको बा२ख ५७२१ नम्बरको माहाराजा ट्राभल्सको बसमा राखेको सकेट बम बिस्फोट हुँदा बसमा सवार १३ यात्रु घाईते भएको जिल्ला प्रहरीले जनाएको छ । स्थानीय भेडियाही चौक नजिक पुग्दा बसको पछिल्लो सिटमा राखेको सकेट बम बिस्फोट भएको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिए ।
गुड्दै गरेको बस भित्र अचानक बिस्फोट भए पछि अघिल्लो सिटमा बसेका यात्रुहरु आत्तिएर उत्रिएका थिए । शसस्त्र प्रहरीले गौरबाट चल्ने अधिकांश सवारीको चेकजाँच गर्दै आए पनि दुई वटा चेक प्वाईन्ट पार गरे पछि भेडियाही चौकमा पुग्नै लाग्दा बसमा राखेको बम बिस्फोट भएको हो ।
घाईते मध्ये करुनिया गाबिस-६ का कलिउल्लाह, करुनिया-६ स्रिराभवानीपुरका महम्मद इस्लाम र समनपुर-५ का नाजिर हुसैनलाई बढि चोट लागेको प्रहरीले जनाएको छ । बिस्फोट लगत्तै प्रहरीले घट्नास्थलबाट घाईतेलाई उद्दार गरी गौर अस्पताल पुर्याएको थियो ।
घाईते अधिकांशको खुट्टामा चोट लागेको छ । घट्ना पछि डरले बसका सबै कर्मचारी फारर रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । बिस्फोट भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
भुमिगत संगठन तराई जनतान्त्रिक मुक्ति पार्टी भोजपुराका इन्चार्ज अभय सिंहले बन्दको अबज्ञा गरेको हुनाले बसमा टाईम बम बिस्फोट गराएको टेलीफोनबाट जानकारी दिए । पार्टीको रुपन्देही इन्चार्ज भवानी सिहको सुरक्षाकर्मीले हत्या गरेको बिरोधमा गत फागनु ११ गते आह्वान गरेको बन्दको अबज्ञा गरेकोले बिस्फोट गराएको इन्चार्ज सिंहले बताए ।
यसैबीच मधेशी मुक्ति सग्राम नामको अर्को भुमिगत पार्टीले सदरमुकाम गौरस्थित महिला बिकाश कार्यालयमा सकेट बम बिस्फोट गराएको छ । बिस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
source:-ekantipur









0 commentaires