काभ्रे , चैत्र १५ - एलएलसी परिक्षा अन्तर्गत विज्ञान विषयको परीक्षा दिइरहेकी एक परिक्षार्थी परीक्षा दिँदादिँदै परिक्षा केन्द्र सुत्केरी भएकी छिन् ।
जागृति उच्च माध्यामिक विद्यालयबाट परीक्षा दिइरहेकी लोकमाया गौतम मंगलवार परीक्षा केन्द्र प्रभा उच्च माध्यामिक विद्यालयमा सुत्केरी भएकी हुन् । उनले छोरा जन्माएकी छिन् ।
नियमित तर्फबाट एसएलसी परिक्षामा सहभागी भएकी उनको सिम्बोल नम्बर '०२७४००१' रहेको छ । 'परीक्ष्ाा दिदै गर्दा सुत्केरी भइन्' जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेश जंङ्ग कार्कीले कान्तिपुरसँग भने 'सुत्केरी भएपछि उनको परीक्षा अर्को सहयोगी राखि दिईएको थियो ।'
उनको सट्टामा ८ कक्षा पास गरेका दिनानाथ गौतमलाई सहयोगी राखेर परीक्षा दिइएको छ ।
source:-ekantipur









0 commentaires