१६ चैत्र, काठमाण्डौ । नेपाल पत्रकार महासंघले आज आफ्नो ५६ औँ स्थापाना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । नेपालमा लोकतन्त्रको स्थापना, नागरिक स्वतन्त्रता तथा अभिब्यक्ति स्वतन्त्रताबारे लबिङ गर्दै आएको आफ्नो स्थापना दिवसमा प्रभातफेरी, गोष्ठि, सेमिनार लगायतका कार्यक्रम गर्दैछ ।
यस बर्षको पत्रकार महासंघ स्थापना दिवसको नारा शान्ती, सहमति र संविधान, नेपाल पत्रकार महासंघको अभियान भन्ने रहेको छ ।
यसैक्रममा महासंघले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको छ । त्यस्तै महासंघले नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा स्थापित पुरस्कार पत्रकार किशार नेपाललाई प्रदान गर्ने भएको छ । महासंघले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा पुरस्कार वितरण तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
source:-onlinekhabar










0 commentaires