अग्लो शिवजीको प्रतिमास्थल खुल्यो



भक्तपुर, चैत्र १५ - साँगा चित्तापोलस्थित सबैभन्दा अग्लो शिवजीको प्रतिमास्थल मंगलवार अपरान्हदेखि खुलेको छ ।
माओवादी सम्बद्ध युनियन बनाउने बहानामा कर्मचारीले तलव वृद्धि र स्थायीको माग राख्दै गरेको तालाबन्दीका कारण गत एक सातादेखि शिवजीको मन्दिर दर्शन गर्ने गेट बन्द थियो ।
कर्मचारीहरुले माग पुरा नहुन्जेल काम नगर्न दिएको धम्कीका कारण मन्दिर जिर्णोद्धारको काम समेत ठप्प थियो । भारतबाट आएका कालिगढहरुद्धारा भईरहेको मन्दिरको निर्माणकार्य उनीहरु नर्फकने गरी गएका कारण अनिश्चित भएको छ । शिवजीको प्रतिमास्थलसंगै जोडिएका आयुवेर्दिक हेल्थ एण्ड होम्सका आर्युर्वेद चिकित्सकहरु पनि अवकाश लिएर गएका कारण तत्काल उक्त अस्पताल नखुल्ने भएको छ ।
कर्मचारीको हडतालकै कारण विना अपरेश मुटुको उपचार गर्ने पछिल्लो आधुनिक प्रविधि तत्काललाई चित्तापालमा नराखिने भएको छ । यसअघि मूर्ति निर्माता कमल जैनले ५० लाख भन्दा बढी पर्ने मेसिन चित्तापोलस्थित आयुर्वेद अस्पतालमा राख्ने तयारी गरेका थिए ।
मन्दिर र अस्पताल क्षेत्र एक सातादेखि बन्द हुँदा चित्तापोल क्षेत्रमा पर्यटकहरुको आवागमन ठप्प झै भएको थियो । हडताल लम्बिदै जाँदा चित्तपोल क्षेत्रको व्यपार व्यवशाय समेत प्रभाव भएपछि स्थानीयबासिन्दाले जबरजस्ती मन्दिर खुलाउने प्रयास गर्न लाग्दा कर्मचारी र मूर्ति निर्माता कमल जैन बीच सहमति भएको हो । कर्मचारी प्रतिनिधि र जैन बीच सहमति भएपछि मंगलवार अपरान्हदेखि खुलेको हो ।   


source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login