जोहोर । मलेसियामा एक नेपालीको अज्ञात समूहले हत्या गरेको छ । जोहोरको कुलाइजयास्थित विलिनियम प्लाष्टिक कम्पनीमा कार्यरत नेपालीको हत्या भएको हो ।मंगलबार राति तीन जनाको समूहमा आएका हतियारीधारीले घरमै गई छुरा प्रहरी गरी हत्या गरेको हो । मृतक सर्लाही सिसौटिया २ स्थायी घर भई सो हाल मलेसियामा रोजगाररत चन्द्रीकाप्रसाद यादव रहेको थहा भएको छ ।
आक्रमणबाट यादवको घट्नास्थमै मृत्यु भएको थियो । स्थानीय युवतीसँग शारिरिक सम्बन्ध राखीरहेको मौका छोपी उक्त समूहले खुकुरी, छुराजस्ता धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको जनाइएको छ ।
सोही आक्रमणमा परी सर्लाहीकै अरबिन्द्र पासवान पनि घाइते भएका छन् । घाइते पासवानका अनुसार भारतीय मुलकी ती युवतीसँग शारिरीक सम्बन्ध राखेको भन्दै उक्त समूहले सोही घर बाहिर बसीरहेका पासवानलाई समेत आक्रमण गरेको थियो । आक्रमणपछि पासवान त्यहाँबाट भाग्न सकेकाले बाँच्न सफल भएका थिए । आक्रमणबाट घाइते पासवानको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि ती युवतीलाई आक्रमणकारीले आफूसँगै लिएर गएको बताइएको छ । स्रोतका अनुसार, ती आक्रमणकारी को थिए भन्ने हालसम्म पुष्टि नभएपनि ती युवतीको नातेदार भएको हुनक्ने आशंका गरिएको छ । मृतक यादवको घरमा एक श्रीमती र एक छोरा रहेको बताइएको छ ।
source:-onlinekhabar









0 commentaires