पूर्व राजा वीरेन्द्रको ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट ब्याङ्कमा

५ हजार ६४ रोपनी जग्गा प्राप्त-
काठमाडौँ, चैत १७- पूर्व राजा वीरेन्द्रको सम्पत्तिमध्ये ४३ हजार स्टर्लिङ पाउन्ड किस्ट ब्याङ्कमा खाता खोलेर राखिएको छ। हालसम्म नबिल ब्याङ्क, होटल डेला अन्नपूर्ण र औद्योगिक विकास निगमबाट १ लाख ४२ हजार ५ सय ३ कित्ता सेयर र ९ करोड २७ लाख रुपियाँसमेत प्राप्त भएको छ।

पूर्व राजा वीरेन्द्रको नाममा रहेको सम्पत्ति व्यवस्थापन गर्न स्थापित नेपाल ट्रस्टको कार्यालयले २०६६/६७ को वार्षिक प्रतिवेदनमा यो उल्लेख गरेको छ। जुन  सो ट्रस्टको संरक्षक रहेका प्रधान मन्त्रीलाई बुझाइएको थियो।

प्रतिवेदनमा जनाइएअनुसार यी सेयर ट्रस्टको स्वामित्वमा आएको छ भने ९ करोड २७ लाखचाहिँ लिज/भाडामा दिइएका सम्पत्तिबाट प्राप्त भएका हुन।

प्रतिवेदन ग्रहणपश्चात् प्रधान मन्त्री खनालले ट्रस्टलाई योजना तथा कार्यक्रमका साथ अघि बढाउने, स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यलाई प्रभावकारी बनाउने र प्राप्त भएका तथा प्राप्त हुने सम्पत्तिको संरक्षण, सम्वर्द्धन तथा विकासका लागि बढी ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए।

उनले ट्रस्टको सम्पत्तिबाट दुर्गम क्षेत्रमा शिक्षा तथा स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिनुपर्ने पनि बताए।

प्रतिवेदन प्रस्तुत गर्दै ट्रस्टका उपाध्यक्ष एवम् मुख्य सचिव माधवप्रसाद घिमिरेले प्राप्त भएको सम्पत्तिको संरक्षण तथा सदुपयोगका लागि ध्यान दिनुपर्ने बताएका थिए।

नेपाल ट्रस्टको स्वामित्वमा हालसम्म देशका विभिन्न जिल्लामा ५ हजार ६४ रोपनी क्षेत्रफलको घर जग्गा प्राप्त भएको तथा चालू आर्थिक वर्षमा पोखराको रत्‍न मन्दिर र भरतपुरको दियालो बङ्गलाजस्ता महत्वपूर्ण भवन तथा जग्गासमेत नेपाल ट्रस्टमा आएको ट्रस्टका कार्यकारी सचिव शङ्करप्रसाद कोइरालाले जानकारी गराए।
- रासस
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login