अष्ट्रेलियमा नेपाली युवतीले आत्महत्या गरिन


सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।
सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उनलाई गएको चैत १३ गते साँझ वाथरुममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको आत्महत्या नै भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकको ल्यापटप र मोवाइल नियन्त्रणमा लिएको छ ।
मृतकको आजै सिड्नीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । काठमाडौं बुद्धनगर बस्ने बुबा चेतनाथ चौलागाईं (केशव) तथा आमा जेठी चौलागाईंका दुई छोरा छन् भने छोरी उनी एक्ली थिइन ।

source:-onlinekhabar
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login