केही दिन पहिले बिमोचित धन कमाउने सपना गजल संग्रहको ( फोटो फिचर)


   

 
आदर्श प्रधान काठमाडौं । अनाममण्डली बाट प्रकाशित कृष्ण के श्रेष्ठ “काल्स” द्घारा लिखित धन कमाउने सपना नामक गजल संग्रहको बिमोचन कार्यक्रम २८ गते पद्य कन्या क्याम्पस बागबजारमा समपन्न भयो । अनाममण्डलीको अध्यक्ष घनेन्द्र ओझाको सभापतीत्वमा समपन्न उक्त कार्यक्रममा प्रमुख अतिथिद्घय गजलकार प्राज्ञ बूँद राणा, साहित्यकार धनराज गिरि, साहित्यकार बुलु मुकुराङले संयुक्त रुपमा उक्त गजल संग्रहको लोर्कापण गर्नु भयो ।


 

बलराम दाहालले संचालन गर्नु भएको उक्त बिमोचन कार्यक्रममा अनाममण्डलीका सदस्य जय गौरेलले स्वागत मनतब्य दिनुभएको थियो । उक्त कार्यक्रममा गजलकार सरोज घिमिरेले धन कमाउने सपना गजल संग्रहको समिक्षा गर्नुभएको थियो । गजलकार घिमिरेले गजलमा बहरको हिसाबले केहि समस्या देखिएपनि गजल समय सान्दर्भिक लागेको बताउनुभयो । गजलकार ज्ञानु बिद्रोहीले पनि उक्त गजलको समिक्षा गर्नुभएको थियो । गजलकार बिद्रोहीले श्रेष्ठको पहिलो सृजना भएता पनि सारैनै स्तरिय लागेको र सरल शब्दमा मिठो गरि पस्केको बताउनु भयो । गजलकार कृष्ण के श्रेष्ठ “काल्स”ले आफ्नो गजलको बारेमा र एउटा गजलपनि बाचन गर्नु भयो । उक्त गजल संग्रहको एउटा गजल गायक दिपक स्वप्निलले गाउनु भएको थियो । उक्त संग्रहमा ६१ वटा गजलहरु समावेश छन ।

 
उक्त बिमोचन कार्यक्रममा श्रेष्ठ प्रिया पत्थरको गजल संग्रह ओभाएको छैन आँखा र अनाममण्डलीको अनाम पत्रिकाको पनि लोकार्पण गरिएको थियो । बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, डा.दिपक खड्का लगायतले मनतब्य दिनु भएको थियो ।



 


   

 
   


   
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login