बेलायती मन्त्री आउँदै, पूर्व गोर्खाको पेन्सन बढ्ने

   
काठमाडौ, चैत्र ९ - सुरक्षाकर्मीहरुको कल्याण सम्बन्धी बेलायती मन्त्री अन्ड्रु रोवदनले आफ्नो नेपाल भ्रमणका क्रममा पूर्व गोर्खाहरुले पाउँदै आएको पेन्सनमा बृद्धिको घोषणा गर्ने भएको छ । बेलायती दूतावासका अनुसार उनको एक साता लामो भ्रमणका क्रममा गोर्खा पेन्सन स्किम अनुसार दिइने पेन्सनमा बृद्धिको घोषणा हुन लागेको हो । 'बढोतरीले बेलायत सरकारको पूर्व गोर्खाहरुप्रतिको निष्पक्ष तथा उचित स्किमको प्रतिबद्धतालाई उजागर गर्नेछ' दूतावासले बिहीबार जारी गरेको बिज्ञप्तिमा भनिएको छ । त्यसअघि मन्त्री रोवदनले गोर्खा वेलफेर स्किम अन्तरगत भइरहेका विकास सम्बन्धी बिभिन्न गतिविधिहरुका साथै गोर्खा पेन्सनरहरुसंग पनि भेटघाट गर्ने छन् । दूतावासका अनुसार उनले बिहीबारदेखि बुधबारसम्म नेपालको भ्रमण गर्नेछन् । सन् २०१० को मे मा मन्त्री भएका उनको यो पहिलो नेपाल भ्रमण हो । लामो समयदेखिको योजनाबद्ध यो भ्रमणबाट उनले बेलायती रक्षा तथा कल्याणकारी गतिविधिहरु र यहँका पूर्व गोर्खाहरुको कल्याण सम्बन्धी विषयहरु थाहा पाउने अपेक्षा लिइएको पनि दूतावासले जनाएको छ । उनलाई नेपालको शान्ति प्रकृयामा बेलायतले गर्दै आएको सहयोगलाई बृद्धी गर्न पनि प्रतिबद्ध रहेकोसमेत उल्लेख गरिएको छ । उनले रक्षा मन्त्री बिष्णु पौडेल, परराष्ट्र सचिव मदन भट्टराई र सेनापति छत्रमानसिंह गुरुङसंग भेट्ने कार्यक्रम रहेको पनि बिज्ञप्तिमा उललेख छ ।






source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login