इटहरी रङ दल्ने बहानामा सुनसरी–मोरङ औद्योगिक करिडोरको सोनापुरस्थित पशुपति मैदा मिलमा सकेट बम राखेको आरोपमा प्रहरीले सप्तरीका वीरेन्द्र ठाकुरलाई आइतबार पक्राउ गरेको छ ।
दिउँसो मिलमा पुगेको तीनजनाको समूहले आफूलाई रङ दल्ने बहाना गर्दै गेटमा बम राखेर भागेको गार्ड बालकृष्ण विष्टले जनाए । ठाकुर इटहरीमा बस्दै आएका थिए ।
बमलाई इटहरीस्थित सेनाको पूर्वी पृतनाको डिस्पोजल टोलीले झण्डै एक घण्टा लगाएर डिस्पोज गरेको थियो । सोनापुरमा एक साताअघि पनि बम भेटिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चाको गोइत समूहबाट बारम्बार धम्की आउने गरेको व्यवसायीहरुले बताएका छन् । चन्दा माग गर्दै आउने धम्कीका कारण आपूmहरु त्रसित भएको उनीहरुको भनाइ छ । सो बम पनि चन्दा नदिएकै कारण राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
ठाकुरलाई दुहबी प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको इन्स्पेक्टर नेत्र बरुवालले जनाए । चन्दा मागसहित धम्की आउने गरेको व्यापारीहरुको गुनासोपछि प्रहरीले करिडोर क्षेत्रमा गस्ती बढाएको छ ।
source:-blast
0 commentaires