काठमाडौं, चैत्र १७ - प्रधानमन्त्री झलनाथ खनालले समयमै संविधान जारी हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् ।
'समयमा (जेठ १४) नै नयाँ संविधान जारी हुन्छ,' रिपोर्टर्स क्लवको १३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, 'यसमा आशंका होइन आश्वास्त र विश्वस्त हुनुहोस् ।' उनले शान्ति र अग्रगमनसहितको संविधान जारी गर्न सरकार क्रियाशील रहेको बताए ।
प्रधानमन्त्री खनालले मुलुक अहिले इतिहासकै महत्त्वपूर्ण संक्रमणकालमा रहेको भन्दै नयाँ संविधानपछि संक्रमणकाल अन्त्य हुने बताए । 'हामीले संक्रमणकालका पनि अनेक चरण पार गरिसकेका छौं,' उनले भने, 'अहिले भने हामी अन्तिम र महत्त्वपूर्ण चरणमा छौं, किनकी शान्ति प्रक्रिया र संविधान पूरा गर्नेपर्ने अवस्था छ ।'
source:-ekantipur









0 commentaires