काठमाडौ, चैत्र १२ - संखुवासभाको बानेश्वर- ६ खाम्लिङमा भीषण आगलागी भएको छ ।शुक्रबार राति १२ बजेबाट सुरु भएको आगलागीले १२ घर र ७ वटा कटेरा जलिसकेका छन् । करिव २० वटा घर जोगाउन सशस्त्र, जनपद प्रहरी र स्थानीय बासिन्दा प्रयाशरत छन् ।
आगो नियन्त्रणबाहिर रहेकोले प्रयाशः सम्मभव बाहिर रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक जयबहादुर खड्काले बताए । आगो नियन्त्रणमा सशस्त्र प्रहरीका २५, जनपदका ९ र करिव २ सय स्थानीय लागि परेका छन् । आगलागीले हालसम्म करिव १ करोड रुपैयाँ क्षति भइसकेको सशस्त्र प्रहरी प्रमुख खड्काले बताउनु भयो ।
राति १२ बजे रामबहादुर तामाङको घरबाट सुरु भएको आगलागी स्थानीयका घर पूरै जलेपछि छिमेकीतर्फ बढिरहेको छ । पानीको अति अभाव रहेको खाम्लिङमा धुलो र सेउलाको प्रयाशः बाट आगो निभाउने प्रयाशः भइरको छ । त्यो सम्भवबाहिर रहेको सशस्त्र र जनपद प्रहरीले जनायो ।
तामाङमात्रको बस्ति रहेको खाम्लिङमा २ वर्षअघि पनि आगलागीले १० घर र ३ वटा गुवाली जलेका थिए । भरियामात्रको बस्ति भनेर चिनिने खाम्लिङमा वर्षेनी आगलागी भइरहन्छ ।
source:-ekantipur









0 commentaires