यौनजीवनमा उमेर भिन्नताको प्रभाव(स्वास्थ्य)

अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको  भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको  आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन ।

                               कुन हो सही उमेर ?

यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र  यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ ।

                                              कति ग्याप हुनु ठीक ?

यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको  सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने  महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति  समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ । 

                                            पुरुष उमेरमा जेठो भए
यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस  स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ ।
                                                 महिला उमेरमा जेठी भए

यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई  सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् ।

                                            यदि दुवैको उमेर बराबर भए

यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् ।
                                             उमेर र यौन

 १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८  देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको 



उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी  आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।

source:-saptahik
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login