एलसिडी टिभीको मज्जा



   
 
काठमाडौ, चैत्र ७  - राजधानीको बानेश्वरमा भाडामा बस्दै आएका दिल पौडेलले पहिल्यैदेखि हेर्दै आएको टिभी भर्खरै फेरे । उनले पुरानो सिआरटी -क्याथोड रे ट्युब) टिभी गाउँकोे घरमा पठाइ दिए । उनले नयाँ किनेको टिभी एलसिडी -लिक्युड क्रिस्टल डिस्प्ले) हो । 'पातलो, हेर्दा आकर्षक, राम्रो पिक्चर क्वालिटी भएकाले केही महँगो भए पनि एलसिडी नै किनंे,' उनले सुनाए, 'बिगि्रयो भने पनि बोकेर मर्मत केन्द्रमा पुर्‍याउन सजिलो हुने रहेछ ।' 


प्रविधिमा आएको पछिल्लो परिवर्तन हो एलसिडी टिभी । ठूलो पर्दाको टिभी किन्दा कोठै ढाकिने अवस्था एलसिडीले हटेको छ । पातलो भएकाले ठूलो ठाउँ लिँदैन । त्यसमा पनि 'भित्तामै झुन्ड्याएर राख्न सकिने प्रविधिसमेत विकास भएकाले भित्तैले पर्दाको काम गरेजस्तो भान हुन्छ, सोनी टिभीको आधिकारिक वितरक नेपाहिमा ट्रेड लिंकका बजार निर्देशक मुरारी गौतम भन्छन् । थोरै विद्युत् खपत हुने, आकर्षक डिजाइन, उत्कृष्ठ पिक्चर क्वालिटीले गर्दा ग्राहकको मन एलसिडीले जित्दै गएको व्यापारीको भनाइ छ । 



बिजुलीबाट बत्ती बाल्न प्रयोग गरिने हेलोजिन बल्बको ठाउँ सिएफएलले लिएजस्तै सिआरटी टिभीको ठाउँ एलसिडीले लिएको व्यवसायीको दाबी छ । सिएफएलजस्तै एलसिडी टिभीले निकै कम बिजुली खपत गर्छ,' गौतम भन्छन्, 'त्यसैले यो वातावरणमैत्री पनि छ ।' लोडसेडिङले आक्रान्त मुलुकमा बिजुली आउने केही घन्टा मात्रै भने पनि टिभी हेर्न कम बिजुली खाने एलसिडी उपभोक्ताले छान्ने गरेका छन् । वर्षैपिच्छे मूल्यमा आउने भारी गिरावटले पनि ग्राहकलाई नयाँ प्रविधितिर आकषिर्त गराएको छ । 'एलसिडी टिभीको मूूल्य हरेक वर्ष कम्तीमा १० प्रतिशतले घट्दै गएको छ,' गौतमले भने । 



एलसिडी किन्दा टिभी मात्र किन्दैनन् उपभोक्ताले । प्रविधिमा आएको विकासले यसलाई फोटो एल्बम, एफएम, फोन, कम्प्युटर मोनिटर, डिभिडी र इन्टरनेट चलाउन मिल्ने डिभाइसका रूपमा समेत उपयोग गर्न सकिने बनाइ दिएको छ । पेन ड्राइभ वा क्यामेरामा भएको फोटो एलसिडी टिभीमा जोडेर पर्दामा हेर्न 



सकिन्छ । सिपियुमा जोडेर कम्प्युटर मोनिटरका रूपमा काम गर्न सकिन्छ । पेनड्राइभमा भएको फिल्म डिभिडी प्लेयरबिना सीधै हेर्न सकिन्छ । उत्पादक कम्पनीले तोकेका निश्चित वेबसाइडबाट फिल्म, गीत आदि डाउनलोड गरेर टिभीमा सीधै हेर्न/सुन्न सकिन्छ । यसमा रिमोटमार्फत गेम खेल्न सकिन्छ । डिभाइस एक सुविधा अनेक भएन त ? 



अझ ठूलो पर्दा भएका टिभी हेर्दा फिल्म हलको मज्जा घरमै पाइने बिक्रेताहरूको दाबी छ । 



बजारमा उपलब्ध सबै एलसिडी टिभीमा यी सबै सुविधा भने छैनन् । 'सबै प्रविधि चलाउन नजान्नेले साधारण एलसिडी खोज्छन्,' चाबहिल टिभी होम एप्लाइन्स सेन्टरकी सञ्चालिका रेखा गिरी भन्छिन्, 'चलाउन जान्नेलाई भने ती सुविधा बरदानझैं छन् ।' उल्लेखित दुवै थरी एलसिडीको मूल्य भने खासै फरक छैन । 'धेरै सुविधा भएका टिभीको मूल्य त्यस्तै २/३ हजार रुपैयाँ बढी हुन्छ,' उनले भनिन् । 



बजारमा नयाँ मोडलका बढी सुविधायुक्त टिभी आएपछि पुरानो साटेर वा अर्को कोठामा सारेर नयाँ किन्ने प्रवृत्ति बढेको कोन्काको आधिकारिक वितरक सौरभ फोटो इन्टरनेसनलका संजितमान जोशीको बुझाइ छ । 'एलसिडी बजारमा आएपछि पुराना सिआरटी टिभी फेर्ने प्रवृत्ति सहरी क्षेत्रमा देखिएको छ,' उनले भने । अधिकांश टिभी पसलले पुराना टिभीमा केही रुपैयाँ थपेर नयाँ लैजान पाउने सुविधा दिएका छन् । 'पुरानाको ब्रान्ड र अवस्था हेरेर मूल्य निर्धारण गर्छौं,' गिरीले भनिन्, 'घरमा घाँडो भएर कहाँ फ्याकांै भइरहेकाहरूले पैसा लिएरै पुरानो टिभी पन्छाउन र नयाँ लैजान पाउँछन् ।' पुराना टिभी सस्तो खोज्न आउनेहरूलाई बेच्ने गरेको उनले जानकारी दिइन् । यो सुविधाले नयाँ र सस्तो किन्न चाहने दुवैलाई फाइदा भएको उनको बुझाइ छ । 



टिभी उत्पादकहरू एलजी, सोनी, सामसुङ, फिलिप्स, पानासोनिक, यासुदा, हायर, भिडियोकोन, कोन्का लगायतले बजारमा एलसिडी ल्याएका छन् । हरेक कुरामा सिआरटी भन्दा एलसिडी उपयोगी भएकाले सामसुङ, एलजी, फिलिप्स लगायतले पुरानो प्रविधिका टिभी उत्पादन बन्द गरिसकेका छन् । उत्पादक अनुसार २५ हजारदेखि ७ लाख रुपैयाँसम्म पर्ने त्यस्ता टिभी छन् बजारमा । 



व्यापारीका अनुसार खेलकुदका ठूला महोत्सव, विवाहका लगन, दसैंतिहार लगायत चाडबाड टिभी बढी बिक्री हुने सिजन हुन् । 'वल्र्डकप फुटबलका बेला एलसिडी टिभी बढी बिकेको थियो,' न्युरोडका एक व्यापारीले सुनाए । अहिले चलिरहेको क्रिकेट वल्र्डकपले भने व्यापारीको उत्साह बढाएको छैन । अघिल्लो वर्ष भएको फुटबलको महासंग्राममा अधिकांशले टिभी किनेकाले नयाँ किन्न चासो नदिएको हुन सक्ने केहीको बुझाइ छ । 



केही व्यापारीले भने वल्र्डकप क्रिकेटको क्वाटर फाइनलदेखिका खेल बाँकी रहेकाले त्यतिखेर बिक्री बढ्ने आशा कायमै राखेकोे बताए । 



सबैजसो टिभी उत्पादकले एलसिडीमा वारेन्टी दिएका छन् । सबै कम्पनीका बिक्रेताले बिक्रीपछि मर्मतको सुविधा उपलब्ध गराएको बताए । कोरियाली कम्पनी सामसुङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले २२ देखि ५५ इन्चसम्मका एलसिडी नेपाली बजारमा बेच्दै आएको छ । कम्पनीका बिक्री प्रबन्धक विनय त्रिपाठीका अनुसार ती टिभीको मूल्य ३१ हजार ९ सय ९० देखि ४ लाख ८९ हजार ९ सय ९० रुपैयाँसम्म छ । 'सामसुङका एलसिडीमा प्रसारकले जस्तो सिग्नल दिन्छन्, टिभीमा त्यस्तै देखिने -एचडीएमआई) प्रविधिका छन्, त्रिपाठीले भने, यसले गर्दा राम्रो तस्बिर देखिन्छ ।



हरेक टिभी भित्तामा झुन्ड्याउन मिल्ने सुविधायुक्त रहेको उनले जानकारी दिए । सामसुङ एलसिडी टिभी उत्पादनमा विश्वमा एक नम्बरमा आउँछ, उनले भने, यसका उत्पादनमा विश्वमा आएका सबै एलसिडीमा हुने सुविधा छन् । हिमले आफ्नै १२ सोरुमसहित अरू २ सय वटा डिलरमार्फत एलसिडी बेच्दै आएको छ । यसका टिभीमा २ वर्ष पार्टपुर्जामा र थप एक वर्ष सर्भिस वारेन्टी रहेको उनले जानकारी दिए । हिमका मुलुकका प्रमुख सहरहरूमा १७ वटा आफ्नै सर्भिस सेन्टर छन् ।  



सोनीको आधिकारिक वितरक नेपाहिमा ड्रेड लिंकले ४ विभिन्न सिरिजमा १८ वटा मोडलका एलसिडी बजारमा ल्याएको छ । २२ इन्चदेखि ६० इन्चसम्म्का यी टिभीको मूल्य ३३ हजारदेखि ७ लाख रुपैयाँसम्म पर्ने कम्पनीका बजार निर्देशक गौतमले जानकारी दिए । सोनीका एलसिडीमा कम्प्युटर मोनिटरका रूपमा प्रयोग गर्न मिल्ने, पेनड्राइभबाट फिल्म हेर्न मिल्ने, सोनीको वेबसाइडबाट फिल्म डाउन लोड गरेर हेर्न मिल्ने सुविधा छन्, उनले भने । सोनीले काठमाडौंका ५ वटा सोरुमसहित मुलुकभरका हरेक टिभी पसलमार्फत आफ्ना टिभी बेच्दै आएको छ । यसका उत्पादनमा १ वर्ष वारेन्टी छ । चौधरी समूहले एलजी ब्रान्ड र विदेशबाट सामान ल्याएर स्वदेशमै फिटिङ गरेका सिजी ब्रान्डका एलसिडी टिभी बेच्दै आएको छ । सिजीका २२, २६र ३२ इन्चका तीन मोडल रहेको सहायक प्रबन्धक विष्णु ज्ञवालीले जानकारी दिए । तिनको मूल्य २७ हजार ९ सयदेखि ४७ हजार ९ सयसम्म पर्छ । यसैगरी कम्पनीले एलजीका २२ देखि ४२ इन्चसम्मको १७ वटा मोडलका एलसिडी बजारमा बेच्दै आएको छ । तिनको मूल्य ३५ हजारदेखि १ लाख १२ हजार रुपैयाँसम्म पर्ने कम्पनीका बिक्री प्रमुख पुरुषोत्तम भण्डारीले जानकारी दिए । 'उत्कृष्ट पिक्चर क्वालिटी, टिभीको दायाँ-बायाँ जहाँ बसेर हेर्दा पनि राम्रोसँग देखिने हाम्रा टिभीका विशेषता हुन्, भण्डारीले  भने । कम्पनीले मुलुकभर आफ्नै तीन सोरुमसहित ३ सयभन्दा बढी डिलरमार्फत एलसिडी बेच्दै आएको छ । मुलुकभरका अधिकांश सहरमा सर्भिस सेन्टर रहेको भण्डारीले जानकारी दिए ।     



सौरभ फोटोका जोशीका अनुसार कोन्का ब्रान्डका २२ देखि ३७ इन्चसम्मका विभिन्न ४ मोडलका एलसिडी बजारमा छन् । बजारमा सबैभन्दा सस्तोमा कोन्काकै टिभी छन् । तिनको मूल्य २४ हजार ५ सयदेखि ८२ हजार ५ सयसम्म पर्ने जोशीले जानकारी दिए । कम्पनीले एक वर्षसम्म टिभी बिगि्रए घरमै गएर बनाउने सुविधा दिएको बताउँदै उनले त्यसपछि मर्मत गर्नर्ु परे ग्राहकले पार्टपुर्जाको मात्रै पैसा तिरे पुग्ने बताए । सेवा निःशुल्क दिन्छौं, उनले भने ।



अर्विट इन्टरनेसनलले बेको ब्रान्डका एलसिडी बेच्दै आएको छ । यसका २६ र ३२ इन्चका टिभी बजारमा रहेको निर्देशक अश्विनी तोदीले बताए । युरोपेली ब्रान्ड बेकोका एलसिडीको मूल्य ४५ हजारदेखि ६० हजार रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । 'हाम्रो उत्पादनमा एचडीएमआई पोर्ट भएकाले सबै प्रकारका डिभाइस टिभीमा जोड्न सकिन्छ, उनले भने, भिजन आर्ट प्रविधि जोडिएकाले उत्कृष्ठ तस्बिर देखिन्छ । कम्पनीले वारेन्टी अवधिमा बिग्रेको जानकारी गराएको २४ घन्टाभित्रै घरमै मर्मतको सुविधा उपलब्ध गराउने उनले जानकारी दिए । 



बजारमा यासुडाको आधिकारिक वितरक त्रिवेणी ब्यापार कम्पनीले २४, ३२ र ४२ इन्चका एलसिडी टिभी ल्याएको छ । आफ्ना उत्पादन वातावरण मैत्री र अन्य कम्पनीका टिभीको तुलनामा ४० प्रतिशत बिजुली कम खपत गर्ने कम्पनीको दाबी छ । 



नेपाली बजारमा ज्योति समूहको स्याकार कम्पनीले फिलिप्सका टिभी भित्र्याउँदै आएको छ । फिलिप्सले भर्खरै ५६ इन्चको पर्दा भएको सिनेमा स्कोप एलसिडी ल्याएको छ ।




source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login