अरबाजो नायक सिकिस्त



   
 
लेखनाथ, चैत्र ७  - सारंगीको माउबाजा मानिने अरबाजो बजाउने मुलुककै एक मात्र प्रतिभा मोहनबहादुर गायक सिकिस्त भएका छन् ।  


जीवनको यो उत्तरार्धसम्म अरबाजो बजाएर गन्धर्व जातिको संस्कृति जगेर्ना अभियानमा लागेका लेखनाथ-९ अर्घौपौवाका गायकलाई पोखरास्थित चरक अस्पतालमा तीन उपचारपछि परिवारले आइतबार घर फर्काएको छ । उनको छाती र रगतमा खराबी देखिएको छ ।



'सोमबार उहाँको चौरासी पूजा गर्न घर लगेका हौं, उहाँको इच्छै यस्तो थियो,' मोहनबहादुरका माइला छोरा जितबहादुरले भने, 'अस्पतालमा फेरि ल्याउनुपर्ला ।'



अस्पतालका अनुसार निमोनियाका कारण मोहनबहादुरको छातीमा दाग देखिएको छ, जुन क्षयरोग, क्यान्सर तथा सामान्य पनि हुन सक्छ । सबै रोगको निदान गर्न समय लाग्ने अस्पतालले जनाएको छ ।  


सकुन्जेल अरबाजो बजाउँदै आएका ८४ वर्षे मोहनबहादुरको उपचारमा स्थानीय निकाय तथा संघसंस्थाले चासो देखाएका छैनन् । अमेरिकी चलचित्र क्षेत्रसम्बद्ध स्टेफेनी अन्ने स्प्रेले बरु केही सहयोग गरेको जितबहादुरले बताए । 


'नेपाली संस्कृतिको एउटा जिउँदो इतिहासप्रति चासो नदेखाइनु सबै स्रष्टाका लागि दुर्भाग्य हो,' गन्धर्व जाति र सारंगीका अध्येता डा. कुसुमाकर न्यौपानेले भने । उनका अनुसार अरबाजो नयाँ पुस्ताले बजाउन जान्दैन, नेपालमा मोहनबहादुर मात्रै त्यसका एक्ला वादक हुन् ।    



नेपालीमा आपmनो संस्कृतिप्रति वितृष्णा बढेको, अझ त्यसमा पनि गन्धर्वले मौलिकता बिर्सेको भन्दै मोहनबहादुरले चिन्ता प्रकट गर्दै आएका छन् । उनले केही अघि बताएअनुसार अरबाजो काठमाडौंको संग्रहालय र उनीकहाँ बाहेक अन्यत्र छैन । उनको घरमा रहेको अरबाजो पनि डेढ सय वर्षजति पुरानो हो । उनका बाजे बम्बे र बाबु बहादुरेले बजाइसकेको त्यो बाजा बाख्राको छाला र चाँपको काठले बनेको हो ।



'अरबाजो बजाउने कला सिक्न कसैले चाहेन,' मोहनबहादुरले एक पटक कान्तिपुरसँग भनेका थिए, 'सरकारले पनि संरक्षणमा चासो देखाएन ।' सरकारलाई संस्कृतिभन्दा बढी चासो सत्ताको हुन्छ ।




source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login