काठमाडौ, चैत्र ७ - कांग्रेसका स्वर्गीय पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक शिलन्यास कार्यक्रममा महाराजगंज स्थित शंकपार्कका स्थानीयवासीले अवरोध पछि कार्यक्रम स्थगित गरिएको छ । यद्यपी कोइरालाको सम्झनामा श्रद्धान्जली सभा कार्यक्रम भने गरिएको छ ।
सभालाई सभामुख सवास नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले कोइरालाको वार्षिक पुन्य तिथिमा पार्कभित्र शालिक शिलन्यास गर्ने कार्यक्रम राखेको थियो ।
सोमबार बिहान कार्यकर्ता सहित शालिक शिलन्यासका लागि पुगेका कांग्रेस नेताहरुलाई स्थानीय वासीले अवरोध पुरयाए पछि केहीबेर तनाब उत्पन्न भएको थियो । स्थानीय वासीले दल विशेषको नेताको शालिक बनाउन नपाइने भन्दै विरोध जनाएका थिए । उनीहरुले शालिक शिलन्यासका लागि खनिएको खाल्डो समेत पुरिदिएका थिए ।
सार्वजनिक स्थललाई दलका नेताको नाम दिन नसकिने भन्दै उनीहरुले आफूहरुलाई जानकारी नगराई शालिक निर्माणको निर्णय गरिएकोमा रोष प्रकट गरे ।दुई सयको संख्यामा रहेको कांग्रेसको कार्यकर्ता र एक सयको संख्यामा रहेका स्थानीयबीच झडपको सम्भावना बढेपछि प्रहरी सुरक्षा सतकर्ता समेत अपनाइएको थियो ।
source:-ekantipur
March 21, 2011 at 3:00 PM
देसको लागी खास केही गरेको छैन , देसको हुन सकेन गिरिजा , खानदानको भालोमात्र हेर्यो भ्रष्टचारको झंन बढायो , सालिक सुजताको घरमा बनायोस,जनताले सम्झने केही कम गरेको छैन ,सर्ब्जनिक स्थलमा सालिक बन्नू हुदैना !!!