गिरिजाको शालिक शिलन्यासमा अवरोध


काठमाडौ, चैत्र ७ - कांग्रेसका स्वर्गीय पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक शिलन्यास कार्यक्रममा महाराजगंज स्थित शंकपार्कका स्थानीयवासीले अवरोध पछि कार्यक्रम स्थगित गरिएको छ । यद्यपी कोइरालाको सम्झनामा श्रद्धान्जली सभा कार्यक्रम  भने गरिएको छ ।  
सभालाई सभामुख सवास नेम्बाङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेसले कोइरालाको वार्षिक पुन्य तिथिमा पार्कभित्र शालिक शिलन्यास गर्ने कार्यक्रम राखेको थियो ।
सोमबार बिहान कार्यकर्ता सहित शालिक शिलन्यासका लागि पुगेका कांग्रेस नेताहरुलाई स्थानीय वासीले अवरोध पुरयाए पछि केहीबेर तनाब उत्पन्न भएको थियो । स्थानीय वासीले दल विशेषको नेताको शालिक बनाउन नपाइने भन्दै विरोध जनाएका थिए । उनीहरुले शालिक शिलन्यासका लागि खनिएको खाल्डो समेत पुरिदिएका थिए ।
सार्वजनिक स्थललाई दलका नेताको नाम दिन नसकिने भन्दै उनीहरुले आफूहरुलाई जानकारी नगराई शालिक निर्माणको निर्णय गरिएकोमा रोष प्रकट गरे ।दुई सयको संख्यामा रहेको कांग्रेसको कार्यकर्ता र एक सयको संख्यामा रहेका स्थानीयबीच  झडपको सम्भावना बढेपछि प्रहरी सुरक्षा सतकर्ता समेत अपनाइएको थियो ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

1 commentaires

  1. देसको लागी खास केही गरेको छैन , देसको हुन सकेन गिरिजा , खानदानको भालोमात्र हेर्यो भ्रष्टचारको झंन बढायो , सालिक सुजताको घरमा बनायोस,जनताले सम्झने केही कम गरेको छैन ,सर्ब्जनिक स्थलमा सालिक बन्नू हुदैना !!!

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login