प्रेमराजा महतविरुद्ध उजुरी


काठमाडौं, चैंत १५- गायिका रेखा शाहले आफूले गाएको गीत 'सिमसिमे पानीमा'को प्रतिलिपी हनन् भएको भन्दै गीतको उत्पादक कम्पनी म्युजिक नेपाल र गायक प्रेमराजा महतविरुद्ध उजुरी गर्ने तयारी गरेकी छन्। शाहले १८ वर्षअघि रेडियो नेपालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा गाएको सो गीतले प्रथम स्थान पाएको थियो।

 राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी गायक प्रेमराजा महत र उत्पादक म्युजिक नेपाल विरुद्ध उजुरीको तयारी गरिरहेको उनले बताइन्। 'आफ्नो गीत रिमेक गर्न खोज्दा म्युजिक नेपालले प्रेमराजा महतसँग अनुमति लिनुपर्ने बताएपछि म छक्क परें,' रेखाले भनिन्।
उत्पादक कम्पनी र गायक महतले अनाधिकृत रुपमा गीतको प्रयोग गरिरहेको पाएपछि प्रतिलिपि कानुन अनुसार कारवाही अघि बढाउन शाह लागेकी हुन्। गीतको नैतिक र आर्थिक अधिकार आफूमा रहेको दाबी गर्दै रेखाले भनिन्,'प्रयोगकर्ताविरुद्ध प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यलयमा उजुरी दिँदैछु।'

महतको 'आकाशैमा जुन' नामक एल्वममा समेत प्रयोग भएको यो गीतको आफूसँग अनुमति नलिइएको उनले बताइन्। 'त्यो मेरो सहमति बिनै राखिएको हो।'

१८ बर्षअघि रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा 'सिमसिमे पानीमा' गाएर रेखा प्रथम भएकी थिइन्। रेखाको सो दोहोरी गीतमा पुरुषतर्फ गाउने महत हाल अमेरिकाको एउटा राज्यका लागि अवैतनिक वाणिज्यदूत छन्।






source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login