प्रहरीको कुटाइबाट १५ विद्यार्थी घाइते


सुनसरी, १५  चैत ट्रक तोडफोड गरेको आरोपमा एक साताअघि पक्राउ परेका सिमरीया-२ का महेशकुमार चौधरीको रिहाई माग गर्दै प्रदर्शनमा उत्रिएका दुहवीस्थित सरस्वती माविका विद्यार्थी र प्रहरीबीच सोमबार झडप भएको छ ।
रिहाइको माग गर्दै स्थानीय सरस्वती माविका विद्यार्थीले इलाका प्रहरी कार्यालय दुहवीमा घेराउ गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको हो । स्थानीय सरस्वती माविका विद्यार्थीले इलाका प्रहरी कार्यालय घेराउ गरेपछि प्रहरीले विद्यार्थीमाथि लाठीचार्ज गरेको थियो ।
प्रहरीको लाठीचार्जबाट १५ विद्यार्थी घाइते भएका छन् भने प्रहरीतर्फ एकजना घाइते भएका छन् । प्रहरीले सो झडपका क्रममा महेशकुमार चौधरीका बुबासहित दुईजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा झडपपछि आक्रोशित बनेका विद्यार्थीको समूहले आधा घन्टा दुहवी सडकखण्ड अवरुद्ध बनाएका थिए ।
विद्यार्थीले निर्दाेष चौधरीलाई पक्राउ गरेको भन्दै प्रहरी निरीक्षक नेत्र बरुबालविरुद्ध नाराबाजी गरेका थिए । ११ गते आदिवासी जनजाति मधेसी दलित गणतान्त्रिक मोर्चाको नेतृत्वलेे गरेको एकदिने बन्दका क्रममा को.१ख१६१७ नम्बरको ट्रकमा ढुंगामुढा गरेको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको थियो । चौधरी दुहवीस्थित सरस्वती माविमा कक्षा ११ मा अध्यनरत छन् ।





चौधरीलाई प्रहरीले बेपत्ता बनाएको विद्यार्थी र आफन्तको भनाइ छ । यता,प्रहरीले भने आरोपको खण्डन गरेको छ । महेशलाई उनका आफन्तलाई भेट्न दिइरहेको इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक नेत्र बरुवालले बताए । चौधरीका आफन्तलाई पटक-पटक वार्तामा बोलाउँदा पनि नआएको उनको दाबी छ ।


source:-nayapatrika
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login