
मंगलबार चौधरीले बयान दिएपछि प्रमुख जिल्ला अधिकारी बसन्त गौतमले मुद्दाको फैसला सुनाउने बताइएको छ ।
२ चैत्रमा प्रमुख जिल्ला अधिकारी गौतमको एकल इजलासले पारसको मुद्दाको छिनोफानोका लागि मुद्दाका वादी चौधरीलाई चितवन झिकाउन जिल्ला प्रहरी कार्यालय चितवनलाई निर्देशन दिएको थियो । २ चैत्रमा मुद्दा टुंगो लगाउन भएको बहसमा घटनाका साक्षी रुबेल उपस्थित नभएपछि फैसला आजसम्मका लागि सारिएको थियो ।
पारसका तर्फबाट चितवनका वकिल शिवबहादुर पाण्डे, बुद्धि गौतम, चूडामणि सापकोटा, काठमाडौंका गणेश केसी, श्रीप्रसाद पण्डित, विष्णु भट्टराई, हीरा रेग्मीलगायतले बहस गरिसकेका छन् । यो मुद्दा सरकारवादी भएकोले रुबेलले साक्षीको रुपमा बकपत्र मात्र गर्ने बताइएको छ । रुबेलको पक्षमा सरकारी वकिल कार्यालयका गीताप्रसाद तिमल्सिना र भीमप्रसाद भुर्तेलले वकालत गर्नेछन् । मुद्दा फैसलाको लागि रुबेल चितवन आइसकेका छन् भने पारस पनि चितवन आउने छन् ।
गत मंसिर २५ गते चितवनको मेघौलीस्थित टाइगरटप्स होटलमा रुबेलमाथि फायरिङ गर्दै सार्बजनिक स्थानमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज शाहलाई केही सार्बजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ । सो अभियोगमा पारसलाई दुई दिन थुनामा राखी पुस १ गते १० हजार रुपैयाँ धरौटीमा छाडिएको थियो ।
source:-onlinekhabar
0 commentaires