पाँच वर्षे स्कुले बालक एक महिनापछि मुक्त

मिथिलेश यादव, राजबिराज, चैत ८ - राजबिराजबाट अपहरणमा परेका स्कुले बालक झन्डै एक महिना पछि सोमबार मुक्त भएका छन्। राजबिराज ५ का पाँच बर्षे स्कुले बालक आयुष साहलाई भारतीय सिमाबर्ती सहरबाट प्रहरीले उद्दार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुबनेश्वर साहले, बालक अपहरण मुक्त गराउन गएका प्रहरी टोलीले उनलाई सकुशल उद्दार गर्न सफल भएको बताए। अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको उनले बताए। पक्राउ पर्नेलाई मंगलबार पत्रकार सम्मेलन गरि सार्बजनिक गरिने उनले भने।

राजबिराज स्थिल गौतम सिशु निकेतनमा नर्सरी अध्यनरत बालक साह घर फर्कने क्रममा फागुन ९ गते अपहरित भएका थिए। बालक छाड्न अपहरणकारी समूहले साह परिवारसँग मागेको ५० लाख रकममा बार्गेनिङ्ग भएर १५ लाख भारतीय रुपैयाँमा अड्केको बेला प्रहरीले बालकको उद्दार गरेको दाबी गरेका हुन्।

छोरा अपहरणका बेला विदेशमा रहेका पिता रामकुमार साह घर फर्केको एक साता भएको छ। उनले नै सप्तरीको एक कार्यक्रममा फिरौती रकम १५ लाख भारुमा अड्केको बताएका थिए।

source:-nagriknews
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login