
वासिङ्टन(एजेन्सीहरु) संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले लिबियालाई उडान निषेधित क्षेत्र घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय सैन्य आक्रमण सुरु भएको छ ।
अमेरिका, बेलायत र फ्रान्सका सैनिकले संयुक्तरुपमा लिबियामाथि क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेका हुन् । राजधानी त्रिपोली, प्रमुख सहर मिस्राटा र छेउछाउका क्षेत्रमा १ सय १० भन्दा बढी क्षेप्यास्त्र आक्रमण भएको छ । फ्रान्सले आक्रमण सुरु गरेपछि अमेरिकी र बेलायती सैनिकले आक्रमण गरेका थिए ।
लिबियाका २० सैनिक केन्द्रमा क्रुज क्षेप्यास्त्रमार्पmत् आक्रमण गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । आक्रमणबाट लिबियाली सैनिक केन्द्रका बख्तरबन्द, हतियार र भवनहरुमा क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच लिबियाली नेता कर्णेल मुआमार गद्दाफीले प्रत्याक्रमणका लागि आप्ः्ना हतियार भण्डारको साँचो नागरिकका लागि खुल्ला गरिएको बताएका छन् ।
‘औपनिवेशिक शक्तिका विरुद्ध तथा देशको एकता र गौरव रक्षा गर्न’ उनले लिबियाली नागरिकलाई आह्वान गरेका हुन् । गद्दाफीले भूमध्यसागर र उत्तर अफ्रिकी क्षेत्र युद्धस्थलमा परिणत भएको बताएका छन् ।
source:-blast
0 commentaires