काठमाडौ, चैत्र ८ - गायक रामकृष्ण ढकाल सोमबार सपरिवार ज्ञान महायज्ञमा थिए । बाल संगठनले बाल न्युरो अस्पताल खोल्न नक्सालमा आयोजना गरिरहेको महायज्ञमा रामकृष्णले ज्ञानगुनका कुरा मात्र सुनेनन्, आपmनो कलासमेत प्रस्तुत गरे ।
संगम संगम शिखर सरोवर मन्दिरमन्दिर धाएँ
आखिर दुःखीहरूकै सेवामा
मैले ईश्वर पाएँ...
उनले आफ्नै भक्ति एल्बम 'उपासना' को योसहित तीन भजन सुनाए । 'म पहिले म असल मानव हुँ,' 'कृष्ण भन न...' र 'जय गणपति...' सुनाएपछि उनले भने, 'अनि मात्र कलाकार । भजन गाउँदा मलाई आत्मिक सुख मिल्छ ।' उनले भजन सुनाउँदा लोकगायिका कोमल वली घरीघरी नाचिरहेकी थिइन्, भक्तजनमा उत्साह भर्दै थिइन् । रामकृष्णले 'उपासना' बिक्रीबाट उठेको रकम अस्पताललाई सहयोगार्थ दिने प्रतिबद्धतासमेत जनाए । उनकी छोरी रानीले बुबाकै 'ओराली लागेको हरिणको चाल भो...' तोतेबोलीमा सुनाएर मनोरञ्जन दिएकी थिइन् । महायज्ञमा हास्य अभिनेताहरू किरण केसी, शिवहरि पौडेलसमेत भेटिएका थिए ।
मंगलबार समापन हुने महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गरिरहेका छन् ।
'हामीले मस्तिष्क तथा न्युरो रोगी बालबालिकालाई लक्ष्य गरी बाल अस्पताल निर्माण गर्न लागेका हौं,' बाल संगठनका राजकुमार खतिवडाले भने, 'महायज्ञमा उठेको ७५ प्रतिशत रकम अस्पताललाई जानेछ, यस्तोमा हाम्रो सानो सहयोगले ठूलो भूमिका खेल्ने पक्का छ ।'

source:-kantipur
0 commentaires