गुठीको सटर निजी बनाउने प्रयास


   
 
ललितपुर, चैत्र ८  - बीस वर्षदेखि भाडा नतिरेका व्यापारीले पाटन दरबार क्षेत्रअन्तर्गत गुठीको सटर निजी बनाउने प्रयास थालेका छन् । विश्व सम्पदा स्थलमा सूचीकृत यस क्षेत्रमा जबर्जस्ती पसल राखेका व्यापारीले गुठीका अधिकारीलाई धम्क्याएर यस्तो प्रयास थालेका हुन् । 


गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद जोशीका अनुसार सुन्दरीचोक, ठूलो घन्टीमुनि र उमामहेश्वर मन्दिर वरपरका २७ सटरको भाडा नउठेको हो । अहिलेसम्मको बक्यौता करिब साढे ५ लाख रुपैयाँ पुगेको उनले जनाए । 

संस्थानको तथ्यांकअनुसार गुठीको जग्गालाई 'आफ्नो' भन्दै आएका उनीहरूले २०४८ सालपछिको भाडा तिरेका छैनन् । भाडा उठाउने प्रयास गरे व्यापारीहरूको हूलले गुठी कार्यालय घेरेर धम्क्याउने र हातपात प्रयास गर्ने कर्मचारीले बताए । संस्थानका सहायक प्रशासक लेखनाथ सापकोटाले नाममात्रैको भाडासमेत उठाउन गाह्रो भएको बताए । 'वाषिर्क साढे ४ सयदेखि १ हजार ४ सय रुपैयाँ भाडा तिर्ने गरी सम्झौता भएको छ,' उनले भने, 'भाडा बढाउनु त परै जाओस्, नाममात्रैको भाडासमेत तिर्ने काम भएको छैन ।'  


मल्लकालदेखि व्यापारिक महत्त्वको थलो मानिएको मंगलबजारमा २००७ सालको प्रजातन्त्र स्थापना हुनुभन्दा अघिदेखि नै व्यवसायीले सटर भाडामा लिन थालेका हुन् । त्यतिबेला निकै आकर्षक र महँगो मानिने ठाउँ पाउन व्यवसायीबीच हानाथाप हुने गरेको स्थानीय वृद्ध हरिकृष्ण महर्जनले बताए । 'महँगो र आकर्षक ठाउँमा सटर वर्षौंपछि भाडा नतिर्ने र मेरै हो भनेर कब्जा गर्ने परिपाटी बस्यो,' उनले भने । 



संस्थानले अहिलेसम्मको बक्यौता उठाएर हिसाब दुरुस्त राख्न चाहेको जोशीले बताए । सस्तोमा सटर भाडामा लिएर व्यवसायीले महँगोमा अरूलाई व्यवसाय गर्न दिएको पनि संस्थानका अधिकारी बताउँछन् । सटर चलाइरहेकाहरू आफूले १५ हजार रुपैयाँ भाडा तिरेको बताउँछन् । 'सटर छाड्नुपर्ला भन्ने डर छ, अन्याय पर्‍यो भनेर अदालत जान खोज्दैनन् । पाखुराको बलमा पुरातात्त्विक सम्पदा कब्जा गर्न खोजेका छन्,' जोशीले भने । 



पाटनको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी प्रमुख सरस्वती सिंहले विवादित सबै सटर विश्व सम्पदा सूचीमा पर्ने बताइन् । 'सयौं वर्षदेखि सञ्चालनमा आएका सुन्दरीचोकको कबल/सटर दरबारको महत्त्वपूर्ण भाग हो,' उनले भनिन््, 'पाटन दरबारको एउटा भागका रूपमा रहेका सटर कसैले व्यक्तिगत भनेर दाबी गर्न मिल्दैन ।' सयौं वर्षदेखि व्यापार हुँदै आएको ऐतिहासिक सटर हडप्ने प्रवृत्तिलाई निरुत्साहित गरी नियमित सञ्चालन गर्नु उपयुक्त हुने उनले बताइन्् । सिद्धिनरसिंह मल्लको पालामा निर्मित दरबार 'क' वर्गको विश्व सम्पदामा पर्छ ।  



पञ्चायतकालमा नियमित भाडा उठ्ने गरेकामा २०४६ सालपछि त्यो क्रम टुटेको गुठीका कर्मचारीहरूले बताए । उनीहरूका अनुसार २०४८ पछि एक/दुई व्यापारीबाहेक कसैले भाडा तिरेका छैनन्् । यसबीचमा गुठी संस्थानले सटरको भाडासमेत बढाउन सकेको छैनन् । गुठी संस्थानबाट भाडाको ताकेता हुन थालेपछि व्यापारीले 'जग्गा मेरै हो' भनेर दाबी गर्न थालेको कर्मचारीहरूको भनाइ छ । पुरानो र भत्किएका सटर मर्मतका लागि लाखौं खर्च गरेको भन्दै उनीहरूले पटकपटकको छलफलमा फिर्ता नगर्ने धम्की दिएको कर्मचारीहरूले बताए । 'तीन/चार पुस्तादेखि भोगचलन गरेको हो भन्छन््,' नाम उल्लेख गर्न नचाहने ती कर्मचारीले भने, 'आफ्नै पुख्र्यौली जग्गामा दरबार बनेको भनेर सटरको दाबी गर्न थालेका छन् ।'



सटरमा पसल गरेका एक व्यवसायीले पुस्तांैदेखि भोगचलन गरेकाले पसलमा व्यापारीको स्वामित्व हुनुपर्ने दाबी गरे । 'हाम्रो परिवारले तीन पुस्तादेखि पसल गरेको हो,' उनले भने, 'अहिले गुठीले उठेर जाऊ भन्न मिल्दैन ।'








source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login