'बालबालिका शिक्षा र पोषणबाट वञ्चित'



   
 
अछाम, चैत्र ८  - विश्वका बालबालिकाको स्थिति २०११ प्रतिवेदन दुर्गम गाउँ रामारोशनकी जवा खनालले गरेकी छन् । प्रतिवेदन गर्दै खनालले भनिन्, 'यस्तो प्रतिवेदन सार्वजनिक कार्यक्रमबारे मैले अहिलेसम्म न सुनेको थिएँ न त देखेकै थिएँ ।' 


साधारणतया कम बोल्ने तेह्र वषर्ीया यी किशोरी अछामजस्तो पिछडिएको जिल्लामा विश्वका बालबालिकाको स्थिति सार्वजनिक गर्न पाउँदा निकै खुसी देखिन्थिन् ।



विकट गाविस रामारोशनबाट दुई दिन पैदल हिँडेर प्रतिवेदन सार्वजनिक गर्न उनी सदरमुकाम आएकी हुन् । गाउँका विद्यालयमा अतिरिक्त क्रियाकलापसमेत नहुने बताउँदै उनले दुर्गमका बालबालिकाको स्थिति दयनीय भएको दुखेसो त्यहाँ सुनाइन् । 



माओवादी सभासद शरद भण्डारीले अछामका करिब ४१ हजार बालबालिकामध्ये ७५ प्रतिशत शिक्षा, स्वास्थ्य, पोषणयुक्त खानाबाट वञ्चित रहेको बताए ।



बालबालिकाको स्थितिमा केही सुधार गर्न जिल्लास्तरीय राजनीतिक दलका प्रतिनिधिले उल्लेख्य योगदान पुर्‍याउन सक्ने उनको दाबी थियो । 'यहाँका मानिसको जनचेतनास्तर निकै कम छ, त्यसकारण अभिभावकलाई आफ्ना साना बालबालिकाप्रतिको कर्तव्य थाहा छैन,' उनले भने ।



एमाले सभासद भैरे कामीले दुर्गम गाउँका बालबालिकामा अभाव, पीडा, अशिक्षाबाहेक अरू केही नभएको बताए । 



सरकारले किशोरकिशोरीलाई सीपमूलक तालिम व्यवस्था गर्नुपर्ने भन्दै गरिबी, सामाजिक, आर्थिक असमानता र लैंगिक विभेदविरुद्धको संघर्षलाई अझ सशक्त बनाउनुपर्ने उनको भनाइ थियो । उनले असमानता किशोरावस्थामै सुरु हुने भन्दै विकट जिल्लामा गरिब र सीमान्तकृत वर्गका बालबालिकाले माध्यमिक तहमा पुग्ने सम्भावना कमै रहेको बताए ।




source:-ekantipur 
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .
Related Posts Plugin for WordPress, Blogger...
Admin Login