१६ चैत, काठमाण्डौ । घरेलु कामदारका रुपमा लेबनानमा कार्यरत एक नेपाली महिलाको हत्या भएको छ । दमक झापाकी २२ बषिर्या गीता श्रेष्ठलाई एक सिरियाली नागरिकले हत्या गरेको बताइएको छ ।
आफुहरुवीच शारिरिक सम्बन्ध रहेको र गीताले गर्भवती भएको भनेपछि केही सोच्नै नसकेर हत्या गरेको ती सिरियाली नागरिकले बताएका छन् ।
घाँटीमा पासो लगाएको अबस्थामा श्रेष्ठको शव आइतवार साँझ उनी कार्यरत घरमा भेटिएको थियो । लेबनानस्थित अबैतनिक दूतावासमा स्वयसेवकका रुपमा कार्यरत दीपेन्द्र उप्रेतीले भने-’हामीलाई चित्त नबुझेर थप अनुसन्धानका लागि अडान लिएपछि हत्याको पुष्टी भयो ।’
प्रहरीले सोधपुछका क्रममा गीता र एक सिरियाली नागरिकवीच सम्बन्ध रहेको जानकारी पाएपछि उनको खोजी गरिएको थियो । सोमबार साँझ पक्राउ परेका उनले हत्या गरेको स्वीकारेका छन् ।
लेबनानमा हजारौं नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । महिलाका लागि सुरक्षाको प्रत्याभूति नभएको भन्दै सरकारले त्यहाँ कामदार पठाउन रोक लगाएको छ ।
source:-onlinekhabar










0 commentaires