'विद्यालयलाई राजनीतिक निषेधित क्षेत्र घोषणा गर'


सिरहा, फाल्गुन २० - उद्योगपति तथा समाजसेवी डा. उपेन्द्र महतोले विद्यालयलाई राजनीतिक निषेधित क्षेत्र घोषणा गर्नु पर्ने बताए ।
राष्ट्रिय फुलकुमारी महतो उच्च माध्यमिक विद्यालय बन्दिपुरमा आयोजित एक कार्यक्रममा डाक्टर महतोले शिक्षक र विद्यार्थीलाई यूनियन खोलेर राजनीतिक गर्न विद्यालयबाट टाढा पठाउन अभिभावकहरुलाई सुझाव दिए । उक्त विद्यालयको दातासमेत रहेका डाक्टर महतोले मुलुकमा प्रत्येक विद्यालयमा भइरहेको राजनीतीकरणले विद्यालयहरुको शैक्षिक वातावरण बिगि्रदै गएको प्रति चिन्ता ब्यक्त गरे ।
विद्यालय ब्यबस्थापन समिति गठन, शिक्षक नियूक्ति लगायतका विषयमा विद्यालयहरुमा नेताहरुले राजनीतिक विवाद खडा गर्दै आएकोले विद्यालयहरुको शैक्षिक वातावरण विग्रेको उनले बताए । राजनीतिक गर्न पनि शिक्षा नै आवश्यक रहेकोले विद्यार्थीहरुलाई लगनशिल भएर शिक्षा आर्जन गर्न सुझाव दिए ।
उक्त विद्यालयमा स्नातकोत्तर तहको पढाई सञ्चालन गर्न जस्तोसुकै सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । उनले विद्यालयको खातामा स्थानीयबासीले जुनसुकै कार्यका लागि जति रकम जम्मा गर्छ त्यति नै रकम आफूल पनि जम्मा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।
नेपाललाई धनी र समृद्ध बनाउन चाडै यसै क्षेत्रबाट देश विकास अभियान सञ्चालन गर्ने र यसमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।
जति अरुलाई दिनमा मजा आउाछ त्यति नै अरुबाट लिनमा लाज पनि लाग्ने गरेकोले सबैलाई ब्यक्तिगत रुपमा भएपनि धनी बन्न कडा मिहिनेत गर्न उनले स्थानीयबासीलाई आग्रह गरे । यस क्षेत्रमा हर्बल, फलफूल, अन्न, दाललगायतका उत्पादन बढाउन स्थानीय किसानहरुलाई आग्रह गर्दै उनले उक्त उत्पादित बस्तुहरुलाई महगो बजार खोज्दिने प्रतिबद्धता ब्यक्त गरे ।
सभासद तथा डाक्टर महतोकी बहिनी जुली महतोले उक्त विद्यालयमा राजनीतिकरण नगरे निकट भविष्यमा नै विश्वविद्यालय बनाउन आफूहरुले पहल गर्ने बताए ।
उक्त विद्यालयमा आधुनीक भौतिक संरचना निर्माण गरि डाक्टर महतोले आपmनी आमा फूलकुमारी महतोको नाममा विद्यालयको नामाकरण गराएकोले तत्काल स्नातक तहको पढाई सञ्चालन गराई दिन विद्यार्थीहरुले डाक्टर महतो परिवारलाई आग्रह गरे ।
source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login