दुई वटा नागरिकता बनाउन खोज्ने प्रहरी हिरासतमा


सोलुखम्बु , फाल्गुन २० - झूटो विवरण पेश गरेर दुईवटा नागरिकता बनाउन खोज्ने तिङला गाविस–२ का आमा कमिनी शेर्पा र छोरी जाङमु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
तीस वर्षपुगेकी छोरी जाङमु शेर्पाको नाम परिवर्तन गरी माया शेर्पा बनाएर गाविस सचिवबाट सिफारिस ल्याइ अर्को नागरिकता बनाउन खोजेपछि प्रहरीले अनुसन्धानका लागि आमा छोरीलाई पक्राउ गरी हिरासतमा राखेको हो ।
छोरी काठमाडौंमा बस्दै आएको दाबी गर्दै तीस वर्षीय छोरीको नागरिकता नबनाएको दाबी गर्दै झूटो नागरिकता बनाउन खोज्ने साठी वर्षीया कमिनी शेर्पाले गाविस सचिवलाई झूट बोलेर विवाहीत छोरीलाई विवाह नै नभएको भन्दै सिफारिस बनाएकी थिईन् । सिफारिस लिएर शेर्पा आमा छोरी प्रमुख जिल्ला अधिकारी यादव सुवेदीको कार्यकक्षमा पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले सोधपुछ गर्दा शंका लागेपछि अनुसन्धानका लागि तत्काल जिल्ला प्रहरी कार्यालय पठाएका थिए । प्रहरीको अनुसन्धानपछि छोरी जाङमु शेर्पाको नाम परिर्वतन गरी माया शेर्पाको नामबाट दोश्रो नागरिकता लिने प्रयास खुलेपछि दुबैलाई हिरासतमा लिएको प्रहरी नायब उपरीक्षक सुदम सिजापतिले बताए । 
तिङला-९ मा आफ्ना श्रीमान्को स्थायी घर रहेकी जाङबुले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट २०४२ सालमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । 'हामीहरुले अभियुक्तहरुलाई आवश्यक अनुसन्धान गरि प्रकृया सकेर सरकारी वकिल मार्फत जिल्ला अदालतमा मुद्दा दायर गरेका छौ' प्रहरी नायव उपरीक्षक सिजापतिले भने, 'अभियुक्तहरुलाई झुट्टो विवरण पेश गरि नागरिकता बनाउने प्रकरणमा मुद्दा चलाईएको छ ।'
 source:-ekantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login