काठमाडौं, फाल्गुन २१ - नेपाली कांग्रेसका संस्थापक तथा पूर्वप्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको आइतबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।
उनको शव शनिबार ललितपुरको बाँडेगाउँस्थित सरकारी निवासमा राखिने छ । आइतबार बिहान ८ बजेदेखि १२ बजेसम्म दशरथ रंगशालामा भट्टराईको शव राखिने छ । १२ बजेपछि शव ¥यालीसहित पशुपति आर्यघाटमा पुगेर भट्टराई अन्त्येष्टि गरिने कांग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिए ।
कांग्रेस संस्थापक भट्टराईको शव पार्टी कार्यालयमा राख्ने कार्यक्रम छैन । ‘यसबारेमा परिवारबाट पनि धेरै कुरा आएका छन्, विभिन्न कारणहरु छन्, पार्टी कार्यालयमा शव राख्ने कार्यक्रम छैन,’ उनले भने ।
source:-ekantipur









0 commentaires