दीपक दाहाल, काठमाडौं, फागुन २० (नागरिक) – उपन्यासकार डायमण्ड शम्शेर राणाको ९४ वर्षको उमेरमा राजधानीको नर्भिक अस्पताल निधन भएको छ। मुटु रोगले पीडित राणाको मिर्गौलामा समेत खराबी देखिएकोले मंगलबार अस्पताल लगिएको थियो।
९४ वर्षका राणाको दुई वर्षअघि हृदयाघात हुँदा डाक्टर भारत रावतको टोलीले एन्जिओप्लास्ट गरेको थियो। उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न डाक्टर रावतले बताएका छन्।
'वसन्ती', 'सेतो बाघ', 'सत्प्रयास' र 'अनिता' डायमण्डका मुख्य उपन्यास हुन्।
Sarlahiexpress
नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com
.
0 commentaires