अधिकार मागेपछि श्रीमानद्वारा आफनै श्रीमतीलाई निर्धात कुटपिट


शुभ नारायण यादब सप्तरी २१ फागुन आफनो मौलिक अधिकार मागेपछि श्रीमानले आफनै श्रीमतीलाई निर्धात कुटपिट गरेको रहस्य खुलेका छन् । सप्तरीको स्रि्रहासिग्यौन गाविस वडा नं. ८ मुसहरिनया टोल माइती भई हाल राजविराज नगरपालिका १० डुमरी शिवथान बस्दै आएकी राजाराम साहका २८ वर्षीय श्रीमती आशा देवी साहलाई उनका आफनै श्रीमानले निर्धात कुटपिट गरेको पिडित महिलाले बताएकी छिन् ।
विगत १३ वर्षअगाडि आशा र राजाराम विच धार्मिक परम्परा अनुसार विवाह भएका थिए । तर हाल आएर आशाले आफना श्रीमानलाई विवाह दर्ता, नागरिकता बनाइ दिन भनेपछि ति महिलालाई उनका श्रीमानले निर्धात कुटपिट गरेको पिडित महिलाले संचारकर्मीहरु समक्ष दुखेसो पोखेका छन ।
आशादेवीलाई सात वर्षो एउटा छोरा समेत रहेको तथा विगत आठ महिनाको गर्भ बोकेकी ती महिलालाई उनका आफनै श्रीमानले विना कारण कुटपिट गरेको पिडित महिलाका बुबा लक्ष्मण साहले संचारकर्मीहरुलाई बताएका छन् । यता पिडितका बुबाले आफनो छोरीमाथि गरिएको अन्यायको विरोध गर्दै छोरीलाई न्याय दिलाइ दिनको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सप्तरीमा जाहेरी समेत दिएको छ ।
आफनो छोरीमाथि ज्वाईले बारम्बार यस्तै दुर्व्यर्वहार गरिरहेको बताउँदै पिडितका बुबा लक्ष्मणले आफनो छोरीलाई न्याय दिलाई दिनको लागि मानव अधिकारकर्मी, संचारकर्मी, नागरिकसमाज लगायत सम्बन्धित सबै पक्ष सँग आग्रह गरेका छन् ।

source:-dainikee
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login