भिटामिनले बढाउँछ यौन क्षमता

काठमाडौ, फाल्गुन २१ - विवाहित जीवनलाई ऊर्जावान् बनाउन धेरै स्टामिनाको आवश्यकता हुन्छ । तपाईंले यस्तो शक्ति विभिन्न भिटामिनको माध्यमले पाउनुहुन्छ । भिटामिनले शरीरलाई मात्र स्वस्थ राख्दैन, यौन क्षमता -सेक्स ड्राइभ) बढाउने कामसमेत गर्छ । तर सेक्स ड्राइभ बढाउने मामिलामा केही खास भिटामिन मात्रै प्रभावकारी हुन्छन् । 

यौनक्रियाको समय शरीरले एस्ट्रोजेन र टेस्टोस्टेरोन हार्मोन स्राव गर्छ । पुरुषमा टेस्टोस्टेरोन र महिलामा एस्ट्रोजन हार्मोनले यौनसम्बन्धी क्रियामा मुख्य भूमिका खेल्छ । भिटामिन 'ए' एस्ट्रोजेन र टेस्टोस्टेरोन हार्मोनको विकासमा सहायक हुने दाबी अध्ययनहरूमा गरिएको छ । यसले सेक्स ड्राइभ बढाउनुको साथै यौनक्रियाको बेला रक्तसञ्चारलाई समेत सन्तुलित बनाइराख्छ । 

भिटामिन 'बी' समेत सेक्स ड्राइभ बढाउनमा उपयोगी हुने अध्ययनहरूको दाबी छ । शरीरमा प्रोल्याक्टिन नामक हार्मोन पाइन्छ, जसले यौनेच्छा घटाउने काम गर्छ । तर शरीरमा यो हार्मोनको स्राव बढी भए यौनजीवन नै खतरामा पर्छ । भिटामिन 'बी'ले यो हार्मोनलाई नियन्त्रित गर्छ र सेक्स ड्राइभलाई यसको स्रावबाट सुरक्षित राख्छ । डिप्रेसनले महिलामा यौनेच्छा कम हुन्छ । भिटामिन 'बी'ले उनीहरूलाई त्यस्तो अवस्थाबाट पार लगाउँछ । महिला र पुरुष भिटामिन 'बी' सेवन गरी यौनसम्बन्धी समस्याबाट जोगिन सक्छन् । 

सेक्स ड्राइभ बढाउन भिटामिन 'सी' चाहिँ उपयोगी हुँदैन कि क्या हो भन्ने लाग्ला, तर त्यस्तो होइन । यसले शुक्रकीटलाई स्वस्थ बनाउनुका साथै यसको संख्यामा समेत वृद्घ िगर्छ । रोग प्रतिरोधक क्षमतालाई समेत बलियो बनाउन पनि भिटामिन 'सी' उपयोगी हुन्छ । 

मुख मैथुनले क्यान्सर हुन सक्छ

मुखमा क्यान्सरको एउटा ठूलो कारण मुख मैथुन 

-ओरल सेक्स) समेत हो । अमेरिकामा ओरल सेक्सप्रति बढ्दो आकर्षणका कारण अमेरिकीहरूमा मुख र घाँटीको क्यान्सरका केस बढिरहेका छन् । 

अनुसन्धानकर्ताहरूका अनुसार ओरल सेक्स गर्दा मुखमा क्यान्सर उत्पन्न गर्न सक्ने प्यापिलोमा नामक भाइरस तीव्र गतिले बढ्छ । यही कारण ५० वर्षभन्दा कम उमेरका थुप्रै व्यक्ति मुख र घाँटीको क्यान्सरले पीडित छन् । ओरल सेक्सका कारण यो भाइरस तीव्र गतिले फैलिरहेको विशेषज्ञहरूको भनाइ छ । युवाहरूलाई मुख र घाँटीको क्यान्सरबाट बचाउन एचपीभी भ्याक्सिन लगाउनसमेत उनीहरूले सुझाव दिएका छन् । 

ओहियो विश्वविद्यालयका प्रा. माउरा गिलिसनका अनुसार मुखको क्यान्सरले व्यापकता पाउँदै जानुमा सुर्ती सेवनभन्दा बढी मुख मैथुनकै हात छ । । उक्त अनुसन्धानमा संलग्न डा. विलियम के भन्छन् भने केही वर्षयता टन्सिल र जिब्रोको तल्लो खण्डमा क्यान्सरको मामिलामा बढोत्तरी भएको छ । यसो हुनुको कारण एचपीभीलाई नै मानिन्छ । 

डा. विलियमका अनुसार अमेरिकामा टन्सिलमा क्यान्सरको ६० देखि ७० प्रतिशत मामिला एचपीभीबाट सम्बन्धित छन् । ओरल सेक्सले एचपीभीको संक्रमण हुन्छ । यो स्थितिमा ओरल सेक्सलाई नै टन्सिल क्यान्सरको संख्यामा देखिएको अत्यधिक वृद्घकिो कारण मान्न थालिएको छ । 

न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा सन् २००७ मा प्रकाशित प्रतिवेदनअनुसार घाँटी र टाउकाको क्यान्सरले पीडित एचपीभी संक्रमित युवामध्ये धेरैजसोको एकभन्दा बढी यौनसाथी छन् । यीमध्ये धेरैसँग उनीहरूले ओरल सेक्स गरेका थिए । ६ भन्दा बढी यौनसाथी हुनेहरूमा घाँटी र टाउकाको क्यान्सर हुने सम्भावना तीन/चार गुणा बढ्छ ।

source:-kantipur
Tags:

Sarlahiexpress

नेपालमा घटेका प्रमुख घटनाहरु सबै एकैठाउँमा पाउनको लागि एक क्लिकको भरमा सबैकुरा । साहित्य, विचार विश्लेषण, महत्वपूर्ण दस्तावेज, संगीत मनोरञ्जन, अडियो भिडियो । सबैकुरा एकैठाउँमा उपलब्ध गराउने अभिप्रायले । सलार्ही एक्सप्रेसको सुरुवात गरियको हो । आफूसँग भएका विविध जानकारीमुलक र मनोरञ्जनात्मक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरिदिनुहुन हामी हार्दिकतापूर्वक अनुरोध गर्दछौँ । सर्लाही एक्सप्रेस साइटलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक सर्लाही एक्सप्रेसलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रियाको लागि पत्राचारको गर्नको लागि हाम्रो ठेगाना -sarlahixpress@gmail.com .

0 commentaires

Leave a Reply

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts Plugin for WordPress, Blogger...
Admin Login